Comments Add Comment

दुबईमा गुन्जिए सुष्मा कार्कीसँगै सुगम पोखरेल

रामप्रसाद ढुंगेल

दुबई । नेपाली पप संगीतका सदाबहार हस्ती सुगम पोखरेल, नायिका सुष्मा कार्की, लगायतका कलाकारहरुको उपस्थितिमा ३१ जुलाई शुक्रबार फिस्टेल कन्सर्ट सम्पन्न भएको छ ।

उनीहरुले तातिदै गएको दुबईको मौसमलाई गीतसंगीत र नृत्य गरी दुबईका नेपालीहरुलाई झनै तताएका छन् । बाफिलो दुबईको मौसमलाई नेपालीसिने, गायन, उद्घोषण र व्यंग्य क्षेत्रका केहीकलाकारहरुले आफ्ना रोचक प्रस्तुतिले शुक्रबारे साँझ रमझमपूर्ण बनेको देखिन्थ्यो ।
susma-karki-hot1

कार्यक्रमा सुगमले दसैतिहार, फेरि त्यो दिन सम्झनचाहन्न…जस्ताचर्चित गीतहरु गाएका थिए । हास्य कलाकार निरु खड्काको समसामयिक प्रस्तुति पनि रोचक रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । देरा दुबइको एसियाना फाइभ स्टार होटलको नाइट क्लबको भिआईपी तथा अत्याधुकि लाइटिङ सिस्टम रहेको मञ्चमा छानिएका दर्शक बीच कार्यक्रम सम्पन्न भएको आयोजक बिक्रान्त कार्कीले बताए ।

डान्सर तथा मोडल आस्मा पाण्डेले मिक्स गीतमा नृत्य गरेर दर्शकहरु नचाउन सफल भइन् । उनी पोखरामा आयोजित गोल्डेन डान्स आइडलमा फस्ट रनर अप भइसकेकी कलाकार हुन् । यूएईमै रहेका हाउडे, सुबकीलगायतका र्यापर्सहरुको दमदार प्रस्तुतिले कन्सर्ट रकिङ बनेको थियो ।

कार्यक्रमको मुख्य आर्कषण भने नायिका सुष्मा कार्की थिइन जसले बिभिन्न गीतमा आफ्नो कामुक नृत्य प्रस्तुत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment