Comments Add Comment

ज्ञानेन्द्र मल्ल टी-२० वरियतामा परेनन्

Gyanendra-malla

१७ साउन, काठमाडौं । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल टी-२० वरियताबाट बाहिरिएका छन् । टी-२० विश्वकप छनोट क्रिकेटमा खराव प्रदर्शनपछि अन्य खेलाडी पनि वरियता क्रममा तल झरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको नयाँ वरियता क्रममा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेसवाकर मात्र परेका छन् ।

अघिल्लो वरियता क्रममा ज्ञानेन्द्र ८४ नम्बरमा थिए । तर, यो पटक उनी १०० टी-२० ब्याट्सम्यानको बरियता क्रममा अटाएनन् ।

नेपालका कप्तान पारस खड्का ७४ औं नम्बरमा छन् । उनको उत्कृष्ट ६४ औं नम्बर थियो । शरद भेसवाकर यो पटक ८० औं नम्बरमा परेका छन् ।

बलिङतर्फ बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी बरियता क्रममा परेका छन् । बसन्त ६६, शक्ति ७७ र सोमपाल ८२ औं नम्बरमा छन् ।

कप्तान पारस खड्का र सागर पुन भने यो पटक शीर्ष १०० टी-२० बलरको बरियता क्रममा पर्न सकेनन् । अघिल्लो बरियता क्रममा सागर ९० र पारस ९१ औं नम्बरमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment