Comments Add Comment

जानकी मेडिकल कलेजमा पठनपाठन सुरू

१७ साउन, काठमाडौं । जनकपुरस्थित जानकी मेडिकल कलेजमा आइतबारबाट पठन पाठन सुरू भएको छ ।

Janaki-Medical-College-Janaब्यवस्थापकीय कमजोरीका कारण लामो समयदेखि बन्द रहेको मेडिकल कलेजको स्वामित्व नयाँ समूहले खरिद गरेपछि पढाइ सुरू भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एवं नेपाल मेडिकल काउन्सीलद्वारा मान्यता प्राप्त करिब ७ सय शैया क्षमताको यस मेडिकल कलेजलाई धनबहादुर शेरचन नेतृत्वको टोलीले खरिद गरेको थियो ।

पुरानो सञ्चालकहरुको व्यवस्थापकीय कमजोरीका कारण लामो समयदेखि कलेजमा पठनपाठन नहुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्योलमा परेको थियो ।

कलेजमा करिब ३ सय १७ जना विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् । ति विद्यार्थीहरुले तत्काल कलेज खुलाउन वा आफूहरुलाई अन्यत्रै स्थानान्तरण गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

अधिकांश विद्यार्थी पढाइमा फर्किएको मेडिकल कलेजका मुख्य प्रशासकीय अधिकृत चन्द्रबहादुर रार्इले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment