Comments Add Comment

एक रुपैयाँको निर्यात गर्दा नौ रुपैयाँको आयात

१८ साउन, काठमाडौ । एक दशकमा मुलुकको ब्यापार घाटा ८ गुणा वृद्धि भएको छ । निर्यात एक रुपैयाँको हुँदा आयात नौ रुपैयाँ हुन थालेको छ । सन् २०१३/१४ मा ६ खर्ब ३१ ऋर्ब ४२ करोड रुपैयाँ ब्यापार घाटा भएको छ ।

९१ अर्ब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको मुलुकले सात खर्ब २२ अर्ब ७८ करोड रुपैयाँ बराबरको बस्तु भित्राएको थियो ।

२००४/५ मा ब्यापार घाटा ८९ अर्ब ८५ करोड रुपैयाँ थियाये । सोही वर्ष ५८ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात हुँदा एक खर्ब ४८ अर्ब २९ करोड रुपैयाँको आयात भएको थियो ।

कुल ग्राहृस्थ्य उत्पादन (जीडीपी)मा ब्यापार घाटाको अनुपात एक दशकमा १५ प्रतिशतबाट बढेर ३३ दशमलव ३४ प्रतिशत पुगेको अन्नपूर्ण पोष्टमा खबर छ ।

आयातको अंश ३७ दशमलव ८ प्रतिशतमा उक्लिएको छ । दशक पहिलो २६ प्रतिशत थियो ।

यस्तै, निर्यातमा जीडीपीको अंक घटेर ४ प्रतिशतमा झरेको छ । दशक पहिले १० प्रतिशत योगदान निर्यातको थियो ।
‘पुनर्निर्माणको क्रममा निर्माण सामग्रीको आयात बढ्ने भएकाले ब्यापार घाटा थप बढ्नेछ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले भने । ब्यापार घाटामा ५० प्रतिशत योगदान उर्जा र कृषिजन्य तथा विलासिता वस्तुको आयातले गरेका छन् । घाटामा २३ प्रतिशत योगदान पेट्रोलियम पदार्थ, जेनेरेटर र इन्भर्टरको आयातले गरेको छ । २०१३/१४ मा एक अर्ब ३४ अर्ब ४१ करोड रुपैयाँको पेट्रोलियम आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment