Comments Add Comment

दुःख भित्र पनि खुसी खोज्न सिपालु नेपाली ? (भिडियो सहित)

BIkas-Silwal

काठमाडौ । पहिलो गीतले यति धेरै चर्चा पाउला भनेर सोचेकै थिएनन् गायक विकास सिलवालले । संगीतका विद्यार्थी रहेका विकास संगीतमा केही नयाँ गर्नुपर्छ भनेर सोचिरहन्थे ।

गीतका शब्द कोरे । आफैंले लेखेको शब्द मेटे र फेरी लेखे । अनि साथीभाईको बीचमा छलफल गरे । ‘गज्जब छ’ भन्नेहरुको बहुमत भयो । विकास भन्छन ‘साथीहरुले राम्रो छ भनेपछि कम्पोज सुरु गरें ।’

कम्पोज सुन्ने साथीहरुको पनि प्रतिक्रिया त्यहि नै आयो । गीत राम्रो छ । स्वर, शब्द र संगीतको फ्युजन गराएर मात्रै एल्बम पूर्ण भएको मानिदैन अहिलेको बजारमा ।

भिडियो पनि मौलिक बनाउनुपर्छ भन्ने सोच थियो । चिटिक्क परेकी गोरी राम्री युवती भएर मात्रै नहुने भएपछि थिएटर बेस आर्टिष्टको खोजीमा जुटे । कन्टेम्पोरोरी लिरिकल डान्स गर्न सक्ने मोडलको खोजीमा रहेका विकासले दिया मास्केसंग भेट भएपछि राहतको महसुस् गरे ।
भिडियो हेर्नुहोस्

लगभग चौबिस घण्टाको सुटिङपछि पाँच मिनेटको भिडियो तयार भयो । ‘सन्तुष्टि’ नाम राखेर गीत बनाएका विकासले त्यसपछि राम्रै सन्तुष्टि पाए ।

उनको गीत हेर्नेहरु मध्ये धेरैले भन्ने गरेका रहेछन् । क्या गज्जब । विकास भन्छन ‘गीतमा केही प्रयोग गर्न चाहन्थें । त्यो काम गरें । पाशाङ शेर्पाको निर्देशनमा बनेको भिडियो आम नेपाली म्युजिक भिडियोको तुलनमा मौलिक लाग्छ गीतको भाव जस्तै ।

विश्वब्यापी करणको प्रभावले हामी आम मुलुकवाट प्रभावित भएपनि नेपालीमा आफ्नै खुसीमा रमाउने क्षमता भएको देखेका छन् विकासले ।

भौगोलिक हिसाबले विकट भए पनि नेपाली नागरिकले हरेक दुःख भित्र खुसी खोज्न जानेको अनुभव गरेका छन् यी सर्जकले ।

यो गीत प्रयोगात्म शैलिको लोक आधुनिक गीत हो, जहाँ राष्ट्रियताको पनि ब्यख्या गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment