Comments Add Comment

डिसहोमले विस्तार गर्‍यो लाहान र जनकपुरमा सेवा केन्द्र

२८ साउन, काठमाडौं । डिसहोमले सिराहाको लाहान र जनकपुरमा सेवा केन्द्र विस्तार गरेको छ । यी सेवा केन्द्र कम्पनीका क्रमशः दशौं र एघारौं हुन् ।

डिसहोमका महाप्रबन्धक रमेश सापकोटा र नायव महाप्रबन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले दुबै सेवा केन्द्रको संयुक्त उद्धघाटन गरे ।

Dish Home Siraha and Janakpur Sewa Kendra

डिसहोमका काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगञ्ज, धनगढी, बुटवल, दाङ, लाहान र जनकपुर गरी ११ सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् ।

डिसहोमले निकट भविष्यमा चरिकोट, महेन्द्रनगर, बाग्लुङ लगायत प्रमुख शहरहरुमा सेवा केन्द्रको सञ्जाल विस्तार गर्दै जाने योजना बनाएको छ । ग्राहकहरुलाई छिटो छरितो सुविधा प्रदान गर्ने उद्येश्यले सेवा केन्द्रहरु बिस्तार गरेको कम्पनीले जनाएको छ ।

सेवा केन्द्रले ग्राहकले हार्डवयर र अन्य सर्भिस सम्बन्धी समस्याको समाधान गरिदिने छ । साथै, घरमै पुगेर दिने प्राविधिक सहायोग गर्नुका साथै रिचार्ज र सिग्नल सम्बन्धी समस्याको समधान गरिदिने छ ।

स्याटेलाइट प्रविधिमा आधारित डिटीएच सेवाप्रदायक डिसहोमले विगत ५ बर्षदेखि नेपालभर ग्राहकमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि तारबीना नै जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी (साउण्ड) र दृश्य (पिक्चर) दुबै गुणस्तरीय हुन्छन् ।

डिशहोमले आफ्नो सेवामा सोनी सिक्स एचडी, स्टार स्पोर्टस् एचडी वान, स्टार स्पोर्टस् एचडी टु, टेन एचडी, डिस्कोभरी एचडी वल्र्ड, एचबीओ एचडी, एचबीओ हिट्स एचडी, एचबीओ सिग्नेचर एचडी, स्टार मुभीज एचडी, स्टार गोल्ड एचडी, जी सिनेमा एचडी, कलर्स एचडी, स्टार प्लस एचडी, लाइफ ओके एचडी, जी टिभी एचडी, एमट्यून्स एचडी गरी १६ वटा हाइ डेफिनेसन च्यानल प्रसारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment