+

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित

२०७५ चैत  २२ गते १६:५७ २०७५ चैत २२ गते १६:५७
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित

२२ चैत, काठमाडौं । खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी ( देवेन्द्र) निर्वाचित भएका छन् ।

शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सुवेदीले अर्का उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतान्तरले पराजित गरेका छन् । अध्यक्षमा निर्वाचित सुवेदीले ५५ मत पाउँदा तिमिल्सिनाले ४१ मत पाएका छन् ।

त्यस्तै, प्रथम उपाध्यक्षमा भने संजीव शिल्पकार निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा भने ध्रुब तुलाधरले ७१ र निरञ्जन अधिकारीले ५७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यता, पराजित श्रीलोचन राजोपाध्यायले भने ४१ मत पाएका थिए ।

महासचिवमा भने प्रज्वल ओली निर्वाचित भएका छन् । उनले ६३ मत पाए । पराजित भएका पवन आचार्यले भने ३३ मत पाए ।

त्यस्तै, सचिवमा गोविन्द रेग्मीले ५८ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी आदर्श ढकालले ३८ मत ल्याए । कोषाध्यक्षमा अन्जन खड्का निर्विरोध निर्वाचित भए ।

महिला सदस्यमा मुना कार्की निर्विरोध निर्वाचित हुँदा खुलातर्फ दिल तामाङले ५०, हिमबिक्रम केसीले ४४ र अनिल मल्ल ठकुरीले ३६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय