+
+
Shares

महोत्तरीमा खुला ठाउँमा शौच गर्ने १७ जना पक्राउ, ५ सय जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १६:२६

२२ चैत, महोत्तरी । महोत्तरीमा खुला ठाउँमा शौच गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन ।

खुला रुपमा शौच गरेको आरोपमा जलेश्वर नगरपालिका- ३, ४, ६ र १२ नम्बर वडाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई आगामी दिनमा खुला ठाउँमा शौच नगर्ने सर्तमा जनही ५०० जरिवाना गरी छोडिएको छ ।

जिल्लामा खुला ठाउँमा शौच गर्ने क्रम घटेपनि खुलादिसामुक्त घोषणा गरिएका क्षेत्रमा भने अझै नघटेको सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?