Comments Add Comment

लक्ष्मी बैंकको नाफा ६ करोडले घट्यो

laxmi-bank-ltd.२८ साउन, काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लक्ष्मी बैंकको खुद नाफा ६ करोड बढीले घटेको छ । अघिल्लो वर्ष ४७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत वर्ष ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विबरण बिहीबार सार्वजानिक गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी बढे पनि कर्जा जोखिम कोष बढेकाले नाफामा संकुचन आएको हो । अघिल्लो आर्थिक वर्षको वर्षको तुलनामा गत वर्ष राइट ब्याक रकम समेत घटेको छ ।
बैंकले यस अवधिमा ९५ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८२ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष कर्जा जोखिम कोषवापत ७ करोड ३६ लाख रुपैयाँ छुट्टाएको बैंकले समिक्षा वर्षमा २४ करोड ३९ लाख रुपैयाँ छुट्टाउनु परेको छ । जुन रकम तीन गुनाभन्दा बढी हो ।

बैंकको खराब कर्जा रकम बढेपछि प्रोभिजन रकम बढी छुट्टाउनु परेको हो । अघिल्लो वर्ष १.१५ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा वर्षमा बढेर १.३० प्रतिशत पुगेको छ ।

बैंकले गत वर्ष कर्जा जोखिम कोषबाट एक करोड ५७ लाख रुपैयाँमात्र फिर्ता गरेको छ । जबकी अघिल्लो वर्षको ५ करोड ३७ लाख रुपैयाँ फिर्ता लिन सफल भएको थियो ।

बैंकको स्प्रेड दर ३.७२ प्रतिशत, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६१ पैसा, प्रतिशेयर बजार मूल्य ४ सय रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.७१ गुना, तरलता अनुपात २६.०९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकले यस अवधिमा ३९ अर्ब ९९ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको थियो । अघिल्लो वर्ष बैंकको निक्षेप तथा कर्जा रकम क्रमशः ३० अर्ब ५९ करोड २० लाख र २२ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment