+
+

कुन प्रदेशको राजधानी कहाँ ठीक होला ?

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३० गते १६:५०

प्रदेशहरुको सीमांकन भइसकेपछि अब त्यसको राजधानी कहाँ बनाउने र प्रदेशको नाम के राख्ने भन्ने विषय विस्तारै बहसमा तानिन थालेको छ । यद्यपि कतिपयले अहिल्यै प्रदेशको राजधानीबारे बहस गर्नु हतारो हुने प्रतिक्रिया दिइरहेका छन् । प्रदेशको नाम त अझै टाढाको विषय हो ।

6 pardesh_and it's capital city

तर, आगामी दिनमा प्रदेशको राजधानी निर्धारण गर्नैपर्ने भएकाले यसबारे छलफल र बहस हुनु अस्वाभाविक होइन । प्रदेशको राजधानी तय गर्ने विषयमा स्थानीयस्तरमा विवाद चर्कने सम्भावना देखिएकाले यसबारे नेताहरु हतारो गर्ने पक्षमा देखिँदैनन् । कतिपयले राजधानी तोक्ने जिम्मा प्रदेश सभालाई दिनुपर्ने या संघीय आयोगलाई जिम्मा लगाउँदा कम विवाद हुने तर्क गरिरहेका छन् ।

यसै सन्दर्भमा हामीले जनमत स्तम्भमा केही वैकल्पिक प्रश्नहरु राखेका छौं कि कुन प्रदेशको राजधानी कहाँ बनाउँदा उचित होला ? यसबारे यहाँहरुले व्यक्त गरेको अभिमतका आधारमा विश्लेषणत्मक समाचार बनाइने छ ।

कुन प्रदेशको राजधानी कहाँ बनाउँदा ठीक ?

प्रदेश नं १- धनकुटा/बिराटनगर/इटहरी/अन्य

प्रदेश नं २- जनकपुर/वीरगञ्ज/अन्य

प्रदेश नं ३- काठमाडौं / चितवन/ अन्य

प्रदेश नं ४- पोखरा/अन्य

प्रदेश नं ५- बुटवल/दाङ/पाल्पा/अन्य

प्रदेश नं ६- धनगढी/ दिपायल/ सुर्खेत/अन्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment