News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबरले आज २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्दैछ ।
- ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावशाली युवाहरूलाई अवार्ड प्रदान गर्नुहुनेछ ।
- चार महिनाको छनोट प्रक्रियापछि विभिन्न क्षेत्रमा योगदान पुर्याउने ४० जना युवाहरूलाई छनोट समितिले अन्तिम रूप दिएको छ ।
२७ साउन, काठमाडौं । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्दैछ ।
ललितपुरमा आयोजित विशेष समारोहमा केहीबेरपछि राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गर्नेछन् ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।
यो तेस्रो संस्करण हो ।
४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो । अनलाइन आवेदन र सिफारिस मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो ।
उनीहरूको छनोट तथा सिफारिशमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, अनुसन्धाता डा. अमृता शर्मा र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।
प्रतिक्रिया 4