+
+
Shares

रसुवा बाढी : समाचारभन्दा परका कुरा (LIVE)

सरकारले गर्दै गरेको कामकारबाही र उद्धार, राहत वितरण तथा पुन: स्थापना लगायतका विषयमा सुरुका दिनदेखि नै अनलाइनखबरले खोज तथा रिपोर्टिङ गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्ती र त्रिशूली तटीय क्षेत्र ध्वस्त बनाएको छ।
  • बाढीमा १ हजार ३५५ जनाको शव फेला परेको, ४ हजार ९९६ जना सम्पर्कविहीन र ६ हजार ६७२ जना घाइते भएका छन्।
  • बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।

२२ भदौ, काठमाडौं । रसुवा बाढीको आज १३ औं दिन । यही भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी किनार आसपास ध्वस्त बनाएको छ ।

बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ३५५ जनाको शव फेला परेको छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । ६ हजार ६७२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

यो अवस्थामा सरकारले गर्दै गरेको कामकारबाही र उद्धार, राहत वितरण तथा पुन: स्थापना लगायतका विषयमा सुरुका दिनदेखि नै अनलाइनखबरले खोज तथा रिपोर्टिङ गरिरहेको छ ।

रसुवा बाढीको रिपोर्टिङमा अनलाइनखबरका रिपोर्टरहरूले के देखे, के सुने र के महसुस गरे ? समाचारमा नआएका मानवीय कथा, पीडितका प्रश्न र घटनास्थलबाट फर्किएपछि उनीहरूको बुझाइमा आएको परिवर्तनबारे प्रधानसम्पादक बसन्त बस्नेतसँग लाइभ संवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?