+
+
Shares

दिमाग तिखार्न चाहनुहुन्छ ? मज्जाले सुत्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १०:४८

sleep

अहिलेको भागदौडपूर्ण जिवनमा मानिसहरुको स्मरणशक्तिमा ठूलो असर पुगिरहेको छ । कमजोर स्मरणशक्तिका कारण हामीले महत्वपूर्ण कुराहरुलाई पनि भुलिरहेका हुन्छौँ । जिवनशैली व्यस्त बन्दैछ, गर्नुपर्ने कामकुराको चाँप बढिरहेको छ । त्यसोभए दिमाग तेज बनाउन र स्मरण बढाउन के गर्ने त ? वैज्ञानिकहरुका अनुसार स्मरण शक्ति बढाएर तेज दिमाग बनाउन पर्याप्त निद्रा आवश्यक हुन्छ ।

शोधकर्ताहरुका अनुसार पर्याप्त निद्रा लिएसँगै मानिसमा जागै छँदा पनि सम्भिmन नसकिने तथ्यहरुको सम्झना राख्ने क्षमताको विकाश हुन्छ ।
बेलायतको एक्सिटर विश्वविद्यालयका शोधकर्ता निकोलस डुमेका अनुसार निद्राका कारण हामीले आफ्नो मस्तिष्कमा लुकेका कैयौँ विषयहरु सम्भिmन सक्छौँ ।

पर्याप्त निद्राबाट स्मरणलाई अद्यावधिक र चुस्त राख्ने जुन क्षमता मिल्दछ त्यसबाट यो संकेत मिल्दछ की केही स्मृतीहरु पूरै रात निद्राको दौरान अझै बढि तिब्र बन्दछ । शोधकर्ताका अनुसार सुतेको बेलामा हामीले महत्वपूर्ण जानकारीहरुको अभ्यास गरेका हुन्छौँ ।

शोधकर्ता डुमेका अनुसार मस्तिष्कको टेम्पोरल लोबको एक आन्तरिक संरचना हिप्पोक्याम्पसको कारण स्मरणलाइ कायम राख्नमा बढावा मिल्दछ ।

यसले मानिसको मस्तिष्कमा दबेर रहेका कुराहरुलाई बाहिर ल्याउँछ र त्यसले मूलरुपमा मस्तिष्कको त्यो लुकेको स्थानबाट पुनः रिप्ले गर्दछ । उक्त रिप्लेका कारण हामीले दिनभरमा भएका महत्वपूर्ण अनुभवलाई आफ्नो मस्तिष्कमा जिविन राख्न सक्दछौँ ।

शोधका क्रममा शोधकर्ताले केही मानिसहरुलाई उपन्यासमा पढेका शव्दहरु दोहोराउन लगाए । एउटा समूहलाई उपन्यास पढेपछि निदाउन लगाइयो भने अर्को समूह जागै बस्यो ।

निदाएको समूह जागेसँगै दुबै समूहलाई पहिले पढेको उपन्यासका हरफहरु दोहोराउन लगाइयो । त्यसक्रममा उपन्यास पढेपछि सुतेका मानिसहरुले जागै रहेकाहरुको तुलनामा पहिले पढेको उपन्यासका धेरै हरफहरु सम्झिएर दोहोराउन सके ।

त्यसबाट शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने निद्राले केवल स्मरणशक्तिलाई कायम राख्न मात्र मद्दत गर्दैन आफुले जानेको कुरालाई राम्रो तरिकाले दोहोराएर भन्नमा पनि सहयोग गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?