+
+
Shares

दाङमा बुधबार विहान ५ बजेसम्म बन्द फिर्ता

१ भदौ, घोराही । थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ । दाङमा प्रादेशिक राजधानी बनाउन दवाव दिने उद्देश्यले घोराहीमा आयोजना गरिएको मोटरसाईकल र्‍यालीलाई समर्थन गर्दै मंगलबार दिउँसो ३ बजेबाट बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १६:१३

निमुसंगम घर्ती
१ भदौ, घोराही । थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङले १४ घण्टाका लागि बन्द फिर्ता लिएको छ ।

Motercycle-rally-at-Dang-Gh

दाङमा प्रादेशिक राजधानी बनाउन दवाव दिने उद्देश्यले घोराहीमा आयोजना गरिएको मोटरसाईकल र्‍यालीलाई समर्थन गर्दै मंगलबार दिउँसो ३ बजेबाट बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिइएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा निकालिएको मोटरसाईकल र्‍यालीलाई समर्थन गर्दै मंगलबार तीन बजेबाट बुधबार बिहान ५ बजेसम्म बन्द फिर्ता लिएको संघर्ष समितिका तेजमान चौधरीले जानकारी दिए ।

बन्द खुलेसँगै बजारहरु खुलेका छन् भने यातायातका साधनहरु पनि सञ्चालनमा आएका छन् ।

Dang-Ghorahi-ko-banda-Khulyएक हप्तादेखि बन्द रहँदै आएको दाङमा मंगलबार ३ बजेदेखि नै बन्द खुलेपछि नागरिकहरुले केही सहज महशुस गरेका छन् ।

प्रादेशिक राजधानी दाङमा बनाउन दवाव दिने उद्देश्यले आयोजना गरिएको मोटरसाईकल र्‍यालीलाई मध्य नजर गर्दै भएको छलफलमा सोमबार नै बन्दकर्ताहरुले ३ बजेदेखि बन्द फिर्ता लिने सहमति गरेका थिए ।

यसैबीच लामो समयदेखि बन्द हडताल हुदा चौतर्फी नोक्सानी र जनजीवन कष्टकर बन्दै गएको भन्दै सरोकारवाला निकायले बन्दको विकल्प खोज्न आग्रह गर्दै आएका छन् । बन्दका कारण दाङमा व्यापार व्यवसायमा मात्रै दैनिक २ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ ।

प्रादेशिक राजधानी दाङमा हुनुपर्ने माग गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको मोटरसाईकल र्‍यालीले घोराही बजार परिक्रमा गरेको छ । उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको र्‍याली नयाँबजार, ट्राफिक चोक, शहिद गेट हुदै दीपशिखा चोकमा पुगेको थियो । त्यहाँबाट तुलसीपुर चोक हुदै दामोदर चोकमा पुगेर कोणसभामा परिणत भएको छ ।

संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दाङ प्रादेशिक राजधानीका लागि भूगोल, हावापानी, सुरक्षा, वातावरण, आर्थिक पक्षले उत्तम रहेको भन्दै चौतफिर् दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।

दाङबाट मात्रै दवाव नहुने भन्दै बक्ताहरुले प्रदेश नम्बर पाँचका सरोकारवाला निकाय र नागरिकहरुलाई समेत दाङमा राजधानी हुनुपर्छ भन्ने दवावका लागि उत्रिन आह्वान गर्नुपर्ने बताएका छन् । साथै सल्यान र रुकुम प्रदेश नम्बर पाँचमा हुनुपर्ने समेत उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?