+
+
Shares

विदेश जाने महिलाको कथामा ‘परदेशी’, के फेरि चम्केलान् प्रशान्त ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १५:५०

pardesh (2)
चलचित्र ‘परदेशी’को पहिलो अनुहार सार्वजनिक गरिएको छ । चलचित्र ‘गोर्खापल्टन’ निर्माण गर्ने टिमले यो चलचित्र बनाएको हो । राजेश बंशल र नारायण रायमाझीको प्रस्तुतीमा तयार भएको चलचित्रलाई नारायण रायमाझीले नै निर्देशन गरेका हुन् ।

उनले चलचित्रमा आफूले विदेश गएर पीडा भोग्ने महिलाको कथा उठान गरेको बताए । चलचित्रमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी मुख्य भूमिकामा देखिएका छन् ।

कार्यक्रममा चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको थियो । नेपालीपन बोकेको यो चलचित्र विजयादशमीमा प्रदर्शनमा आउँदैछ ।
चलचित्रको गीत र ट्रेलर हेरेर उपस्थित चलचित्रकर्मी र पत्रकारले तारिफ गरेका थिए । विशुद्ध नेपालीपन बोकेको यो चलचित्रको एक गीत कार्यक्रममा निर्देशक रायमाझीले गाएर सुनाएका पनि थिए ।

चलचित्र ‘गोर्खापल्टन’ खेलेर हिट भएका गायक प्रशान्त तामाङ यसपछि भने अस्ताएका छन् । यसैले पनि प्रशान्तका लागि यो चलचित्र करिअर फर्काउने ठूलो माध्यम पनि हो । pardesh (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?