+
+

हरि खड्काको आदर्श कुरामा ‘लभ सब’

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते ११:०७

karisma-kiss-salon
भदौ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ सब’ले प्रचारका लागि पूर्व फुटबल खेलाडी हरि खड्कालाई अगाडि ल्याएको छ ।
सार्वजनिक नयाँ ट्रेलरमा हरि खड्काले नयाँ पुस्ताको प्रेम, विछोड, निराशा, रोमान्सका कुरा गरेका छन् । उनको भनाईसँगै ट्रेलरलाई निर्माण गरिएको छ । नेपाली चलचित्रमा खेलाडी, क्रिकेटरलाई प्रयोग गरिएको यो पहिलो पटक भने होइन ।

सुशिल पोख्रेल र नरेन्द्र महर्जनको निर्माणमा देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रको प्रचार अहिले आक्रामक तबरले गरिएको छ । चलचित्रलाई विशेषगरि सामाजिक संजालमा सक्रिय रुपमा प्रचार गरिएको छ ।

प्रेम, आकर्षण, विछोड र द्वन्द्वको कुरालाई चलचित्रले उठान गरेको छ । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी मुख्य भूमिकामा छन् । चलचित्रका केही संवादहरु ऋहिले चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?