५ भदौ, काठमाडौं । बार्सिलोनाले आइतबार एथ्लेटिको बिल्बाओसँग खेल्दै ला लिगाको उपाधि रक्षा यात्रा सुरु गर्दैछ । बिल्बाओ त्यही टीम हो, जसले केही साता अघि मात्र बार्सिलोनालाई ५-१ ले हराउँदै ३१ वर्षपछि स्पेनिस सुपर कप जितेको थियो ।
तर, जाभी र पेड्रोबिनाको लुइज इनरिकको टीम गत सिजन भन्दा कमजोर देखिएको छ । यो सिजन १७ वर्षमा पहिलो पटक टीममा जाभी हुने छैनन् ।
सिजन सुरु हुन केही दिन मात्र बाँकी छँदा पेड्रो लन्डरतिर लागेका छन् । अब बार्सिलोनाको फवार्ड लाइनमा लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज छन् ।
उनीहरुको अनुपस्थितिमा प्रशिक्षक इनरिकेसँग मुनिर र स्याण्ड्रोलाई मैदान उठाउनुको विकल्प हुने छैन ।
बार्सिलोनाले मिडफिल्डर टुरान र डिफेण्डर भिडाललाई किनेपनि प्रतिवन्धका कारण सन् २०१६ जनवरी नलागेसम्म खेलाउन पाउने छैन ।
त्यसैले बार्सिलोनामा अझै डिफेन्सकै समस्या रहेको फुटबल पण्डितहरु बताउँछन् । तर, बार्सिलोनाले भने गत सिजन जस्तै प्रमुख तीन उपाधिको लक्ष्य लिएको छ ।
बार्सिलोनालाई रोक्न नसक्ने टीमकै रुपमा रहेकोम भन्दै डिफेण्डर वार्का भन्छन्-‘जाभी र पेड्रोलाई गुमाउनु परेपनि हामी कमजोर छैनौं ।बार्सिलोनाले राम्रो खेलाडी गुमाएको छ र पाएको पनि छ ।’
प्रतिक्रिया 4