+

डे ब्रुएनाको गोलमा सिटीको जित

२०८२ वैशाख  २० गते ९:१४ २०८२ वैशाख २० गते ९:१४
डे ब्रुएनाको गोलमा सिटीको जित

२० वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले साँघुरो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा सिटीले  वुल्भ्सलाई १-० गोलअन्तरले हराएको हो । सिटीको गोलमा केभिन डे ब्रुएनाले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

उनले ३५औं मिनेटमा जेरेमी डोकुको असिस्टमा गोल गरेका थिए ।

जितपछि तेस्रो स्थानको सिटीको ३५ खेलमा ६४ अंक भएको छ । वुल्भ्सको समान खेलमा ५१ अंक छ र १३औं स्थानमा छ ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय