+

यूएईको महिला टोलीलाई ओडिआई मान्यता, अमेरिकाले गुमायो

२०८२ वैशाख  २० गते १६:२८ २०८२ वैशाख २० गते १६:२८
यूएईको महिला टोलीलाई ओडिआई मान्यता, अमेरिकाले गुमायो

२० वैशाख, काठमाडौं । यूएईको महिला क्रिकेट टोलीले एकदिवसीय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ सुचीमा यूएई पहिलोपटक समावेश हुँदा अमेरिकाले भने मान्यता गुमाएको छ ।

१२ मे २०२५ देखि लागु हुने नयाँ ओडीआई चक्र (२०२५–२९) का लागि १६ टोलीको सूची सार्वजनिक गरिएको छ। यो सूचीमा पाँच एसोसिएट सदस्य राष्ट्रहरू छन्: थाइल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यू गिनी (पीएनजी), नेदरल्याण्ड्स र अब यूएई।

थाइल्याण्ड र स्कटल्याण्डले सन् २०२५ को महिला विश्वकप छनोट प्रतियोगितामा छनोट भई ओडिआई मान्यता कायम राखेका हुन्। त्यस्तै, पीएनजी र नेदरल्याण्ड्सले आफ्नो टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा ओडिआई स्टाटस कायम राखेका छन्।

यूएईले भने टी२० अन्तर्राष्ट्रिय टोली वरियतामा उच्च स्थानमा रहँदा नयाँ ओडीआई मान्यता प्राप्त गरेको हो।

ओडीआई मान्यता प्राप्त टोलीहरूले ओडीआई वरियतामा कायम रहन वा नयाँ वरियताका लागि ३–४ वर्षको अवधिमा कम्तीमा ८ वटा ओडीआई खेल्नुपर्ने हुन्छ।

नेपाली महिला क्रिकेट टोलीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन ।

आईसीसी एकदिवसीय मान्यता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय