२० वैशाख, काठमाडौं । नेपाली अल्ट्रा धाविका प्रिया राईले थाईल्यान्डमा आयोजना भएको अमेजोन जंगल थाईल्यान्ड वाई युटिएमबीको उपाधि जितेकी छन् ।
प्रिया ५५ किलोमिटर अल्ट्रा रनिङमा पहिलो भएकी हुन् । उनले निर्धारित दूरी ६ घण्टा २८ मिनेट २२ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनिन् ।
त्यस्तै इटलीकी नथलिया मास्ट्रोटाले ६ घन्टा ४२ मिनेट ५२ सेकेन्डमा पुरा गरि दोस्रो भइन् भने पोल्यान्डकी आन्ना ६ घण्टा ५५ मिनेट २ सेकेन्डमा रेस पुरा गर्दै तेस्रो भइन् ।
प्रियाले एक सातामै दुई रेसमा प्रतिस्पर्धा गरेकी हुन् । उनले एक हप्ता अगाडी मलेसियामा भएको ५० किलोमिटर रनिङमा दोस्रो स्थान हासिल गरेकी थिइन् ।
विश्वको चर्चित रेसहरुको सुचिमा पर्ने युटिएमबीमा प्रियाले बलियो प्रतिद्वन्द्वीहरुलाई समेत पछि पार्दै नेपाललाई उपाधि दिलाएकी हुन् ।
प्रतिक्रिया 4