+

इंग्ल्याण्डसँगको टेस्टका लागि सिकन्दर राजा जिम्बाबेको टोलीमा फर्किए

२०८२ वैशाख  २० गते १७:२२ २०८२ वैशाख २० गते १७:२२
इंग्ल्याण्डसँगको टेस्टका लागि सिकन्दर राजा जिम्बाबेको टोलीमा फर्किए

२० वैशाख, काठमाडौं । यसै महिना हुने इंग्ल्याण्डसँगको एकमात्र टेस्टका लागि स्टार अलराउण्डर सिकन्दर राजा जिम्बाबेको टोलीमा फर्किएका छन् ।

टेस्टका लागि जिम्बाबेले १५ सदस्यीय टोली घोषणा गरेको छ। उक्त टेस्ट खेल मे २२ देखि ट्रेन्ट ब्रिजमा सुरु हुनेछ, जुन सन् २००३ पछि इंग्ल्याण्डको भूमिमा जिम्बाब्वेले खेल्ने पहिलो टेस्ट हो।

हालै बंगलादेशविरुद्धको टेस्ट श्रृंखलामा एक खेल जितेर श्रृंखला बराबरी गरेको जिम्बाबेले उक्त टोलीमा केही परिवर्तन गरेको छ। जोनाथन क्याम्पबेलको स्थानमा सिकन्दर राजा फर्किएका छन्। साथै, चोटबाट फर्किएका क्लाइभ मदान्डेले नयाशा मयावोको स्थानमा ब्याकअप विकेटकिपरको भूमिका सम्हाल्ने छन्।

३९ वर्षीय सिकन्दरले पछिल्लोपटक यसै वर्षको जनवरीमा भएको अफगानिस्तानसँगको टेस्ट खेलेका थिए । उनले टेस्ट करियरको १८ खेलमा १ शतक र ९ अर्धशतकसहित १२००+ रन बनाएका छन् भने ३८ विकेट लिएका छन् ।

बंगलादेशविरुद्ध डेब्यू गरेका लेग स्पिनर विन्सेन्ट मसेकेसा यसपटक टोलीमा छैनन्। इंग्ल्याण्डको परिस्थितिलाई मध्यनजर गर्दै जिम्बाबेले थप एक पेसर न्यूम्यान न्याम्हुरीलाई टोलीमा समावेश गरेको छ।

यो टेस्टपछि, जिम्बाब्वेले जुन ३ देखि अरुन्डेलमा दक्षिण अफ्रिकाविरुद्ध चार दिवसीय अभ्यास खेल खेल्नेछ। यो खेल दक्षिण अफ्रिकाका लागि अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारीस्वरूप  हुनेछ।

इंग्ल्याण्डविरुद्धको टेस्टका लागि जिम्बाबे टोली:

क्रेग इरविन (कप्तान), ब्रायन बेनेट, बेन कर्रन, ट्रेभर ग्वान्डु, क्लाइभ मदान्डे, वेस्ली मढेभेरे, वेलिंगटन मसाकाद्जा, ब्लेसिङ मुजाराबानी, रिचार्ड नगारावा, न्यूम्यान न्याम्हुरी, भिक्टर न्याउची, सिकन्दर राजा, तफद्ज्वा सिगा, निकोलस वेलेच, शॉन विलियम्स।

सिकन्दर राजा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय