+
+

ठोरीलाई पर्साबाट टुक्र्याइएकोमा रिजालको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ५ गते १६:१२

५ भदौ, वीरगञ्ज । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरु पर्साको ठोरी गाविसलाई प्रदेश नम्बर ३ मा मिसाउने निर्णयको विरोधमा उत्रिएका छन् ।

Ramesh-Rijalकांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले ठोरी गाविसलाई प्रदेश नम्बर ३ मा गाभिएको निर्णयबाट आफू आश्र्चयचकित भएको बताए ।

यो निर्णय मधेस विरोधी भएको उनले बताएका छन् । उनले भने-‘यो मधे विरोधी र व्यक्तिवादी राजनीतिको मनसायले गरिएको निर्णय हो ।’

रिजालले निर्णय अविलम्ब नसच्याइए त्यसविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् । पार्टीले यस्तो महत्वपूर्ण निर्णय गर्न एक पटक पनि जिल्लाका स्थानीय नेतासँग राय समेत नबुझेको भन्दै उनले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?