+
+

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक अफर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १९:५६

काठमाडौं । कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।

‘कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा भुक्तानीको पूरा रकम फिर्ता (४० हजार रुपैयाँसम्म) हुने अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कनेक्ट आईपीएसले ६ जेठदेखि ३२ साउनसम्म लागू हुने गरी यो अफर सार्वजनिक गरेको जनाएको छ ।

अफर अनुसार कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (४० हजार रुपैयाँसम्म) फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफरमा लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?