Comments Add Comment

चुनावको ऋण नतिरेको भन्दै एमाओवादी कार्यालयमा तालाबन्दी

५ भदौ, सल्यान । चुनावमा लिएको ऋण नतिरेको भन्दै एकिकृत नेकपा माओवादी सल्यानको कार्यालयमा व्यवसायीहरुले तालाबन्दी गरेका छन् ।

maoist flagदोश्रो संविधानसभाको चुनावको वेला व्यवसायीबाट लिएको ऋण नतिरको भन्दै आफूहरुले शनिबार तालाबन्दी गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताए ।

एमाओवादी सल्यानका जिल्ला सदस्य समेत समेत रहेका बुढाथोकीले आफुहरुको यो विद्रेाहको स्वर भएको बताए । ऋण कति थियो भनेर खुलाउन नचाहेपनि उनले अहिले कसको कति ऋण छ भनेर लगत संकलन गरिरहेको बताए ।

एमाओवादी सल्यानका अध्यक्ष कर्ण बहादुर बुढाथोकीले त्यतिवेला निर्वाचन परिचालन समितिका अध्यक्ष माओवादी नेता कृतिबहादुर पुन भएकाले पार्टीले लिएको ऋणको विषयमा आफुलाई थाहा नभएको बताए ।

एमाओवादीका केन्द्रिय सदस्य तथा सभासद टेकबहादुर बस्नेतले ऋण तिर्न वाँकी रहेको स्वीकार गरे । दोस्रो संविधानसभाको वेलाको गाडी प्रयोग गरेको, खानपान र खटनपटन वापतको ऋण भएको तर ऋण क्रमश तिर्दै जाने उनले बताए ।

ऋण रकम कति थियो भनेर एमाओवादीका नेताहरुले खुलाउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment