+
+

कमल थापालाई गच्छदारको जवाफ-गणतन्त्रको प्रस्ताव अढाई करोड जनताको हो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १९:०२

९ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले गणतन्त्रको प्रस्ताव कृष्ण सिटौलाको नभई अढाई करोड जनताको भएको बताएका छन् ।
kamal thapa and gachhadar
गच्छदारले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जवाफ दिएका हुन् । संविधानसभामा संविधान विधेयकमाथिको छलफलमा भाग लिँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभामा सदस्य नै नभएका कृष्ण सिटौलाले गणतन्त्र घोषणाको प्रस्ताव पेश गरेको भन्दै अवैध भएको दावी गरेका थिए ।

थापा लगतै बोलेका गच्छदारले त्यसको जवाफ दिएका छन् । ‘पहिलो संविधानसभामा कमल थापा पनि हुनुहुन्नथ्यो । र कृष्ण सिटौला पनि दुभाग्यबस अघिल्लो संविधानसभामा हुनुहुन्नथ्यो’ गच्छदारले भने-गणतन्त्रको प्रस्ताव कृष्ण सिटौलाले ल्याएको होइन, अढाइ करोड जनताबाट निर्माण भएको संविधानसभामा गणतन्त्रको प्रस्तुत भएको र पारित भएको हो ।’

कमल थापालाई स्मरण गराउन चाहन्छु भन्दै उनले भने-२ करोड ५० लाख जनताको तर्फबाट प्रस्तुत गरिएको प्रस्ताव बन्दकोठामा चार नेताले तयार प्रस्ताव होइन, नेपाली जनताले तयार पारेको प्रस्ताव हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?