Comments Add Comment

कतारमा खुमनले नेपालीको धोको पुर्याए

khuman-qatar-1घनश्याम पराजुली (कृष्ण)

दोहा । ‘धानको बाला साइँली कोदाको कपनी, दिनमा झल्को साइँली रातीको सपनी’ भन्दै मितेरी साँस्कृतिक धमाका २०१५मा आफ्नो प्रस्तुती शुरु गरेका बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारीले कतारका दर्शकलाई धोको पुग्ने गरी नचाएका छन् ।

खुमन गाएर थाक्नेवाला छैनन्, कोही छ स्याङ्गजालीसँग भिड्ने भन्दै दर्शकहरुलाई उचाल्दै उनले स्याङ्गजालीलाई नभन जाली बोलको गीत गाए ।

झण्डै ६ हजार गीतमा आवाज दिइसकेका उनले दर्शकलाई नचाउन ‘हर्नुस हजुर पापी मनले के के भन्छ भन्छ, मलाई पनि कतारतिरै बसाई सर्न मन छ’ भन्दै आच्छा लिकिन चाईनी जो म त लाहुरे बोलको गीत गाए ।

khuman-qatar-2त्यस्तै ‘यो मन रुन्न होला र मलाई जस्तो तिम्लाई नी भाथ्यो की भेटै हुन्नहोला र’ गाएर नेपालमा रहेका दर्शकहरुका पि्रयसीहरुको याद दिलाईदिए । दर्शकहरुले मनोरन्जनको हद नाघीसकेको थिए त्यसैविच’ सिलाईदिउला भोट सानु लाउली छोटो छोटो’ र ‘कपाल कोर्ने काइँयो’ जस्ता सफल लोकदोहोरी गीत गाए ।

खुमनको प्रस्तुतीसँग दर्शकहरु बसिरहेको ठाउबाट जुरुक जुरुक उठेर नाच्न थाले । उनले उपस्थित महिला दर्शकहरुलाई मध्यनजर गर्दै तिज गित समेत गाए । उनले गाएका ‘आज त भेट्न आउदिन है कालु’, ‘मेरो त मायाले काठमाडौमा ट्याक्सी चलाउने’, ‘यता नै ठिक्क उता नी ठिक्कै चेपारे मायाले बनायो बोउलाउ नी’, ‘गाउन नी सकिन नाँच्न नी सकिन के रोग लाग्यो हेर्दै हुन् डाक्टरसाब’ जस्ता गीतबाट उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिँदै हप्ता दिनको थकान मेटे ।

miteri-qatar-2शरिरभरी पसिनाको खोलो बगिरहेको थियो । दर्शकहरु पनि अझै गीत गाउनुपर्ने भन्दै नाचिरहेका थिए । लाग्थ्यो रातैभरी खुमनले गाउँछन् अनि दर्शकहरु नाचिरहन्छन् । ‘एक दुई तीन पछि चार, कि त बनाउ वार कित बनाउ पार, छडके कुरा नगर आँगरेपछि बुझ्छु अलंकार’ भन्दै उनले आफ्नो प्रस्तुतीलाई अगाडि बढाईरहे ।

खचाखच भरिएको हलमा उपस्थित दर्शकहरु हौसिएको देखेर विवाह नगरेका सबैको बिहे खुमनले गरिदिने भन्दै पन्चेवाजाको भाकामा गीत गाए । गायक खुमनसगै लोकदोहोरी गायिका लक्ष्मी ढकालको दोहोरी घम्साघम्सीले कार्यक्रमलाई थप रौनक थप्यो ।

‘झिमझिम सानु नझिम्काउ परेली भुतुक्कै हुन्छु म’ बोलको गीतमा दोहोरी खेलेका कलाकारहरुले स्टेजबाट नै माया पि्रती लगाउने, अरुसँगै भागेर जानेदेखि दर्शकहरुलाई मच्चाउन दारीमा फुलवारी समेत बनाईदिए । गायिका लक्ष्मी ढकालले कतारमा दर्शकहरुको मन जित्न सफन भईन् ।

उनले ‘जिम्माल बाको आँगनीमा नारन पूजा लाको’, ‘जान्न म त त्यो घर’, ‘सानु माया’ र तीजको गीत ‘एउटा केटो मन परेको छ, लौ न शिवजी मिलाईदेउन मलाई’ गाएर दर्शकहरुलाई नचाउन सफल भईन् । कार्यक्रममा गायिका सुनिला गुरुङ्गले दर्शकलाई लोभ्याउने गजल सुनाउदै प्रस्तुती शुरु गरिन् ।

उनले ‘जुनलाई साथी तारा जती नी ‘, तीजका गीत साथै भूकम्पले दिएको दुःखलाई कतारमा सम्झाईदिईन् । उनले ‘जहिले पनि नेपाल बन्द आन्दोलनको जन्ती, गणतन्त्र आयो देशमा कहाँ छ शान्ती ‘भन्दै देशभक्ती गीत सुनाईन् । नेपालबाट आएकी नृत्याङ्गना मीना तामाङ्गले उध्रेको चोली छ है बोलको गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन् ।

miteri-qatar-1मितेरी साँस्कृतिक समुहले कतारले शुक्रबार अयोजना गरेको साँस्कृतीक धमाका धेरैपछिको सफल कार्यक्रम बन्यो । कार्यक्रममा कतारमा बस्दै आएका दर्जनौ कलाकारहरुले बेजोड प्रस्तुती राखे ।

‘यो हो मेरो प्राण भन्दा प्यारो माईती घर’ बोलको गितमा रुविना लामाले नृत्य प्रस्तुत गरिन् । धेरै भाषाका गीत गाईसकेका गायक विजय रणपायलीले ‘पूर्वमेची पश्चिम महाकाली, नयाँ नेपालको हामी नेपाली आयो है विर गोर्खाली’ बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिए ।

त्यस्तै स्थानीय गायक गायिकाहरु रितकुमार श्रेष्ठ, गायिका नानु घलेले दोहोरी गीत गाए । कतारमा अत्याधिक रुचाईएको यूएण्डआई डान्स गु्रपको सामुहिक नृत्य कार्यक्रममा सबै भन्दा उत्कृष्ट बन्न पुगेको थियो ।

कलाकारहरुको हौसला बढाउन एनआरएनएका मक्सुद आलम र हेल्पिङ्ग हेन्ड युथ सोसाईटी कतारले नगद सहयोग गरेका थिए ।

मितेर साँस्कृतिक समुह कतारका अध्यक्ष सुमन भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अन्तराष्ट्रिय कलाकार मन्च कतार शाखाका अध्यक्ष भविन्द्र तामाङ्ग रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment