Comments Add Comment

टाटा बोल्ट रिभ्यूः उत्कृष्ट इन्जिन र स्टाइलिस डिजाइनको संयोजन

TATA BOLT IN NEPAL (5)

१३ भदौ, काठमाडौं । प्यासेन्जर कार सेगमेन्टमा नेपाली बजारमा आफ्नो हिस्सा बढाउन लागिरहेको भारतीय मोटर निर्माता टाटा मोटरले केही समयअघि मात्र प्रिमियम ह्याचब्याक बोल्ट गाडी सार्वजनिक गर्‍यो ।

डिजाइन, लक्जरी, इन्जिन लगायत गाडीको ओभरअल प्रस्तुतीमा गरिएको सुधारपछि टाटाले ल्याएको यो दोस्रो गाडी हो । त्यो अभियानको पहिलो उत्पादन जेस्ट सेडान कार नेपाली बजारमा लोकपि्रय बनिसकेको छ ।

टाटाको मौजुदा ह्याचब्याक भिस्टालाई रिप्लेस गर्नेगरी ल्याइएको बोल्टमा कस्ता फिचर छन् ? आउनुहोस् आज हामी तपाईलाई यसका नविनतम फिचर, इन्जिन, बाह्य तथा आन्तरिक निर्माण र सजावट लगायतका बिविध पक्षमा जानकारी दिँदैछौं ।

सबै भन्दा पहिले यसको बाहिरी बनावटको बारेमा कुरा गरौं । फगल्याम्प र यसमा राखिएको स्टील क्रोमले गाडीको अगाडीपट्टीको डिजाइनलाई आकर्षक देखाएको छ । टाटाको इन्डिका फ्यामिलिका गाडीको डिजाइनका केही पक्षलाई निरन्तरता दिँदै यसलाई पि्रमियम ह्याचब्याकको रुपमा बिकाश गरिएको छ ।

TATA_BOLT_review

यसको पछाडीपट्टीको सी पिलरमा लगाइएको ब्ल्याक स्टीकरले गाडीलाई स्टाइलिस्ट देखाएको छ । यसको अर्को आकर्षक पक्ष भनेको प्रोजेक्टर हेड ल्याम्प हो । यसको पछाडी टेल ल्याम्प प्रयोग गरिएको छ । टाटाको लोगो सँगै प्रयोग गरिएको स्टील क्रोमले स्पोर्टी लुक दिएको छ । यसको ओभरअल लुक्स र डिजाइनका कारण प्रतिस्पर्धी आइटेन ग्राण्डसँग प्रतिस्पर्धा गर्न सक्षम देखिन्छ ।

१२०० सीसी क्षमताको बोल्टमा अगाडीको दुई वटा टायरमा डिस्क ब्रेक छ भने पछाडीको टायरमा ड्रम ब्रेक प्रयोग गरिएको छ । ४४ लिटर इन्धन क्षमता भएको बोल्टको १६५ एमएम ग्राउड क्लियरेन्स छ । यसमा १५ इन्चको अलविभ हृवील प्रयोग गरिएको छ ।

भिडियो रिभ्यू 

इन्जिन र इन्टेरियर

बोल्टले भित्रि सजावटलाई पनि निकै ध्यान दिएको छ । सिंगल कलर ब्ल्याक ड्यासबोर्ड रहेको बोल्टमा प्रयोग गरिएको कलर टोनले गाडीलाई भब्य देखाएको छ । स्टेरिङमा प्रयोग गरिएको सिल्भर लाइनले गाडीलाई स्पोर्टी र भब्य देखाएको छ । स्टेरिङमा इन्फोटेनमेन्ट कन्ट्रोल, फोन कल र आवाज पहिचान गर्ने सिस्टम छ जसले तपाईले आवाजमार्फत् दिएको आदेशका भरमा काम गर्ने छ ।

बोल्टको अर्को आकर्षक पक्ष हर्मन कनेक्ट नेक्स्ट टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम हो । इन्फरमेसन र इन्टरटेनमेन्टको समिश्रणलाई इन्फोटेनमेन्ट सिष्टम भनिन्छ । गाडी चालकले आफ्नो स्मार्ट डिभाइसमा भएका मनोरञ्जनात्मक गतिविधिलाई सञ्चालन गर्न सक्छ ।

TATA BOLT IN NEPAL (1)

यसको सबैभन्दा आकर्षक पक्ष एउटै इञ्जिनमा मल्टी ड्राइभ मोड रहेको छ । बोल्टमा ‘इको मोड’, ‘सिटी मोड’ र ‘स्पोर्ट मोड’ रहेको छ । इको मोडमा गाडी चलाउँदा इन्धन बचत हुन्छ । स्पिोर्ट मोडमा राखेर गाडी चलाउँदा इञ्जिनले उच्च पावर दिन्छ । सिटी मोडमा इन्धन बचत गर्ने र पावर दिने दुबै विशेषता रहेका छन् । त्यसैले तपाईले एउटै गाडीमा तीनथरी गाडी ड्राइभिङको अनुभव लिन चाहानुहुन्छ भने टाटा बोल्ट सवैभन्दा उत्तम बिकल्प हुन्छ ।

बोल्ट चलाउँदा लाग्छ उत्कृष्ट पावर, पर्फमेन्स, टर्कमा कुनै कमी छैन ।

मल्टी मिडियाको अनुभव, टचस्क्रि न सूचना, भिडियो प्लेब्याक, स्मार्ट फोनसँग सम्बन्धित नेभिगेसन, आधुनिक ब्लुटुथ प्रविधि, स्मार्ट भ्वाइसस रिकगनिशन, आधुनिक स्मार्टफोन इन्टिग्रेसन, एसएमएस नोटिफिकेशन र रेड आउट लगायतका उत्कृष्ट विशेषताहरु यसमा समावेश गरिएको छ ।

समग्रमा टाटाले जुन मूल्यमा प्रिमियम क्लासको गाडीमा हुने फिचरहरु उपलब्ध गराएको त्यसका आधारमा तपाईले टाटा बोल्टमा गरेको लगानी खेर जाँदैन । टाटाको यही रणनीतिकै कारण उसले उपभोक्ताको मन जितिरहेको छ र आफुलाई कार सेगमेन्टको बलियो खेलाडी सावित गरेको छ ।

TATA BOLT IN NEPAL (6)

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यस वर्ष ५ सय थान बोल्ट बिक्री गर्ने लक्ष्य राखेको पेसेन्जर भेहिकल युनिटका सेल्स एण्ड मार्केटिङ म्यानेजर अर्जुन कार्की बताउँछन् ।

नेपाली बजारमा पेट्रोल इञ्जिन बोल्टको मूल्य २३ लाख ९५ हजारदेखि २९ लाख २५ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै डिजेल बोल्टको मूल्य २८ लाख ३५ हजारदेखि ३२ लाख ४५ हजारसम्म रहेको छ ।

कम्पनीका अनुसार पेट्रोल इञ्जिन बोल्टले प्रतिलिटर १७.५७ किलोमिटर र डिजेल इञ्जिन बोल्टले २२.९५ किलोमिटर माइलेज दिन्छ ।

बोल्ट प्लाटिनम सिल्भर, स्काई ग्रे, रेड, हृवाइट, डुन बेगीजस्ता पाँचवटा आकर्षक कलरमा उपलब्ध छ । यो गाडी पेट्रोल र डिजेलमा एक्सइ, एक्सएम र एक्सटी गरी तीन/तीनवटा भेरियन्टमा उपलब्ध छ ।

TATA BOLT IN NEPAL (2)

TATA BOLT IN NEPAL (3)

TATA BOLT IN NEPAL (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment