Comments Add Comment

सोमबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट सोमवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले भूकम्पपछि होटल निर्माण ठप्प, निर्जीवन बीमा कम्पनीहरुको नाफा २० प्रतिशतले बढ्यो, ठूला आयोजनालाई समन्वय समिति, सेयर कारोबार अझै सुरक्षित शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा भूकम्पपछि होटल निर्माण ठप्प, उपभोक्ता समितिलाई फेरि ६० लाखकै सीमा, विदेशी मुद्रा कारोबार गर्नेमाथि सुक्ष्म निगरानी, सून्य लागतमा ७१ हृजार कामदार माग, भारतमा नयाँ ‘ब्ल्याक मनी ल’ कार्यान्वयन लगायतका खबर छन् ।

अभियान दैनिकमा निर्जीवन बीमा कम्पनीहरुको नाफा २० प्रतिशतले बढ्यो, जीडीपीको एक तिहाइबराबर विप्रेषण, बंगलादेशलाई ऊर्जा विक्री गर्न जीएमआरद्वारा छलफल शुरु, एसियाकै उत्कृष्ट बस नेपालमा, डोरमेन्ट कम्पनीबारे ऐनमा ब्यवस्था, शिक्षण संस्था बन्द नगर्ने प्रतिवद्धता लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा त्रिभुवन विमानस्थालमा जोखिम बढ्दै, छैन आयाम प्रतिष्थापन कार्यक्रम, वीरगञ्जबाट भित्रिए ६ हजार मालबाहक गाडी, दूध नबिकेपछि प्रदर्शन, किमाथांका भन्सार दशैंपछि खुल्ने लगायतका खबर छन् ।

नागरिक दैनिकमा ठूला आयोजनालाई समन्वय समिति, मन्त्रीको दबाबमा पम्प लाइसेन्स बाँडिँदै, यात्रुबसमा ‘हवाई जहाजसरह सुविधा’, होमस्टे गाउँमा दलित संग्राहलय, चीनलाई थप ६३०० जहाज चाहिने, हुण्डाइ क्रेटा सार्वजनिक हुँदै लगायतका खबर छन् ।

नयाँ पत्रिकामा अझै सुरक्षित हुँदै सेयर कारोबार, भारत र चीनमै निर्यात घट्दो, चौधरी ग्रुपको आफ्नै ब्राण्डमा स्मार्टफोन, त्रिशूली-३ एको सडक खुलाउन चीनलाई आग्रह, इलामका दुग्ध किसान आन्दोलनमा लगायतका खबर छन् ।

eco0

eco1

eco2

eco3

eco4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment