Comments Add Comment

नेफ्टा सफल बनाउन कतारमा अन्तर्क्रिया

nefta awardघनश्याम पराजुली/दीलिप पराजुली

दोहा । अन्तराष्ट्रिय कलाकार मञ्च कतार शाखाको सहकार्यमा नेपाल चलचित्र प्राबिधिक संघले कतारमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’ सफल बनाउनका लागी कतारमा स्थापित संघसंस्थाहरुसाग छलफल भएको छ । गत विहिवार दोहामा आयोजित अन्तर्क्रिया कार्यक्रममा संघसंस्थाहरुलाई सहयोग तथा सहकार्यका लागी आह्ववान गरिएको हो ।

पाँचौ संस्करणसम्म नेपालमा हुँदै आएको अवार्ड कार्यक्रम विदेशी भूमीमा यो तेस्राे पटक हो । छैठौ अवार्ड मलेसिया र सातौ संस्करण हङ्कङ्मा भईसकेको छ । खाडी मुलुक कतारमा हुन लागेको ‘आठौं नेफ्टा फिल्म अवार्ड’ लाई नेपालको गरिमाको रुपमा हेरिएको छ ।

बिदेशी भूमिमा नेपालीको शान, पहिचान, नेपाली सिनेमा र कलाकारहरुको बजार अभिवृद्धी गर्दै नेपाललाई विश्वसामु चिनाउनका लागी अवार्ड कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आगामी बक्रईदको पहिलो दिन अर्थात सेक्टेम्बरको अन्तिम साता कतारको वेष्टईन्ड पार्कमा आयोजना गरिएको ‘आठौ नेफ्टा फिल्म अवार्ड’ का लागि तयारीमा जुटिरहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाले यहाँका संघसंस्थाहरुसँग पाँच बुदे लिखित सम्झौता गरी सहयोग तथा सहकार्यका लागि सहमति गर्ने भएको छ । अन्तर्क्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका सह-संयोजक शक्ति क्षेत्रीले ‘आठौ नेफ्टा फिल्म अवार्ड’ को प्रचारप्रसार, टिकट बिक्रि वितरण तथा स्वयंसेवक परिचालनको बारेमा स्पष्ट पारेका थिए ।

अवार्ड कार्यक्रममा ८० जना चलचित्रकर्मी कतार आउने छन भने केही कलाकारहरु सेक्टेम्वरको दोस्राे साता भन्दा पहिला कतार आउने व्यवस्थापक डीबी सुनामले जानकारी दिए ।

संस्थाका अध्यक्ष तथा संयोजक भविन्द्र तामाङ्गको सभापतित्वमा सम्पन्न अन्तर्क्रिया कार्यक्रम प्रविन राई (जेरी)ले सन्चालन गरेका थिए । संस्थाका उपाध्यक्ष रितकुमार श्रेष्ठले स्वागत गरे । गायिका देबिका केसीले कार्यक्रमको बारेमा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूलाई प्रष्ट पारिन् ।

‘आठौ नेफ्टा फिल्म अवार्ड’ का व्यवस्थापकमा प्रकाश गुरुङ्ग, सागर नेपाल, देविका केसी र डीबी सुनाम रहेका छन् । अन्तर्क्रिया कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष, एनसीसी कतारका अध्यक्ष मक्सुद अलाम, एनसीसी कतारका सल्लाहकार तथा व्यवसायी आरके शर्मा, गल्फ सह-संयोजक पूर्ण केसी, आईसीसी सदस्य उमेश अधिकारी , रामहरी गैह्रे , युवराज पाण्डे , हंशराज ढकाल लगायतले आफ्नो राय राखे ।

कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’ लाई ३० भन्दा बढी संघसंस्थाहरुले सहकार्य गर्ने भएका छन । अन्तर्क्रियामा बोल्दै बक्ताहरुले ‘आठौ नेफ्टा फिल्म अवार्ड’ चार लाख नेपाली रहेको कतारमा आयोजना गरिनु राम्रो पक्ष रहेको भन्दै यसलाई व्यक्तिगत , संस्थागत र राजनीति पार्टीको नभई सम्पुर्ण नेपालीको कार्यक्रम रहेको बताईयो । कार्यक्रममा हेल्पिङ्ग हेण्ड युथ सोसाईटीका युवाहरुले आफूहरुलाई संबोधन नगरेको भन्दै अवरोध गरेका थिए ।

कार्यक्रमका संयोजक भविन्द्र तामाङ्गले सबै संस्थाहरुसाग हातेमालो गर्दै अगाडि बढिरहेको बताए । उनले कार्यक्रमको तयारीका लागी कसरत गरिरहेको भन्दै भव्यताका साथ सफल हुन आशा व्यक्त गरे । ‘आठौ नेफ्टा फिल्म अवार्ड’ को प्रचारप्रसार र टिकट विक्रि शुरु गरिसकिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment