Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले पूर्वाधार साझेदार कम्पनी यसै वर्ष, गार्हस्थ्य उत्पादनमा रियल स्टेटको योगदान स्थिर, दूध भारत निर्यात गर्ने तयारी, दोलखा र रामेछापको २० गाविसमा खाद्य संकट शीर्षकमा मुख्य खबर छापेका छन् ।

कारोबार दैनिकमा पूर्वाधार साझेदार कम्पनी यसै वर्ष, न्यूनतम ज्याला ६० प्रतिशत बढाउन मजदुरको लबिङ, भारत पठाउनुपर्ने रक्तचन्दन यतै अलपत्र, ८ हजार मेटि्रक टन चिनी उत्पादन घट्यो, सेयर बजारमा १६ अंकको वृद्धि, गत वर्षको राजस्व वृद्धिदर १३ प्रतिशत, अब बसमा पनि होस्टेस, जापानकै जस्तो आर्थिक संकटमा चीन लगायतका खबर छन् ।

अभियान दैनिकमा पर्यटन सिजनमा होटल अकुपेन्सी ३० प्रतिशतमात्र, गार्हस्थ्य उत्पादनमा रियल स्टेटको योगदान स्थिर, बैंकपिच्छे सुनको मूल्य फरक, युवालाई रु १४ लाख अनुदान, माट्टा मेलामा नेपाली पर्यटन ब्यवसायी सहभागी लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा दूध भारत निर्यात गर्ने तयारी, बन्दले दैनिक १५ करोड नोक्सान, पाँचतारे होटलमा निर्माण योजना भूकम्पले पर धकेल्यो, पुनर्निर्माण होइन नवर्निर्माण लगायतका खबर छन् ।

नयाँ पत्रिकामा दोलखा र रामेछापका २० गाविसमा चरम खाद्यान्न अभाव, अर्थतन्त्रमा संरचनागत समस्या कायमै, नेप्से १२ सय नाघ्यो, राजस्व वृद्धिदर १३.७३ प्रतिशतमा सीमित, टिम्बर कर्पोरेशन कामविहीन लगायतका खबर छन् ।
नागरिक दैनिकमा किसानमारा बाटोमा डेरी उद्योग, पर्यटन उकास्न नयाँ लोगो र नारा, उद्योगलाई दैनिक १५ करोड नोक्सानी, टीभीएसको नयाँ फोनिक्स बजारमा आउँदै लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4 eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment