Comments Add Comment

पुरुषको जस्तो छैन महिलाको भियग्रा, यी हुन् फरक

Men and women

हालै एक अमेरिकी कम्पनीले महिलाको यौनबर्धक औषधी तयार गरेको छ । एड्डी नामक उक्त औषधि फिमेल भियग्राको नामले पनि चर्चामा आएको छ ।

तर महिलामा यौनइच्छा बढाउने भनिएको यो औषधि पुरुषका लागि प्रयोगमा आइरहेको भियग्रा भन्दा निकै फरक पाइएको छ ।

डाक्टरहरुका अनुसार एड्डीलाई महिला भियग्रा भन्नु नै गलत हुनेछ । यद्यपि पुरुषका लागि बनेको भियग्रा तथा महिलाको लागि बनेको एड्डीबीचको फरकका बारेमा जानिएमा पुरुष तथा महिलाको यौन इच्छाका बारेमा राम्रोसँग बुझ्न सकिने डाक्टरहरुले बताएका छन् ।

viagra

उद्धेश्य : भियग्राको काम पुरुषको यौनइच्छा बढाउनु होइन की उत्तेजना प्राप्त गर्न मद्धत गर्नु हो । जबकी एड्डीको उद्धेश्य भनेको महिलाको यौनइच्छा बढाउनु नै हो । एड्डीले महिलाको शरीरमा चरम आनन्द वा अर्गाज्म पैदा गर्ने जस्तो कुनै भौतिक प्रतिक्रिया पैदा गर्दैन ।

कामेच्छा : पुरुषमा भियग्राले तब काम गर्छ जब उसमा पहिले देखि नै कामेच्छा अर्थात् सेक्सुअल डिजाएर छ । यौन इच्छा नै नभएको पुरुषमा भियग्राले काम गर्दैन । यसले त उत्तेजना बढाउने मात्र हो । तर महिलाको एड्डीले भने कामेच्छा नभएका महिलाहरुमा कामेच्छा पैदा गर्ने काम गर्छ । यसले महिलामा यौन इच्छा फिर्ता ल्याउन सहयोग गर्छ ।

खाने तरिका : भियग्रा वा यो जस्तै अन्य औषधिको सेवन यौन सम्पर्क गर्नुभन्दा ठ्याक्कै पहिले गरिन्छ । तर महिलाको एड्डी ट्याबलेट भने दिनहुँ नियमित रुपमा सेवन गर्नुपर्ने हुन्छ । किनकी एड्डीको एउटा गोली मात्र खाएर यसले नतिजा ल्याउँदैन ।

उपचार : चिकित्सा विज्ञानको दृष्टिकोणमा दुबै औषधिले फरक फरक तरिकाले काम गर्छन् । भियग्राले पुरुषको शरीरमा रक्तप्रवाह बढाउँछ र मूलतः यौनांग उत्तेजित नहुने समस्या कम गर्छ । जबकी एड्डीले भने लगभग डिप्रेसनको औषधिले जस्तै काम गर्छ । अर्थात् यसले महिलाको मस्तिष्कको रासायनिक सन्तुलनलाई परिवर्तन गरी यौन इच्छा अर्थात् सेक्सुअल डिजाएर बढाउने कोसिस गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment