Comments Add Comment

भूकम्पपछि घरेलु हिंसामा वृद्धि

१८ भदौ, सिन्धुपाल्चोक । भूकम्पपछि महिला र बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि भएको पाइएको छ । सामुहिक आवासका कारण हिंसा बढेको पाइएको हो ।

महिला विकास कार्यालयमा महिला र बालबालिकामाथि भएका हिंसाका दैनिक तीनवटासम्म उजुरी आउने गरेका छन् । भूकम्पपछि महिला हिंसासम्बन्धी ३८ मुद्दा महिला विकास कार्यालयमा दर्ता भएको नयाँ पत्रिकामा खबर छ । घरेलु हिंसाका ती घटनाको प्रकृति विगतभन्दा फरक रहेको कार्यालयले जनाएको छ ।

वैशाखयता ११ बालबालिका बलात्कार र बेचबिखनमा परेका छन् । चार महिनाको अवधिमा १४ वर्षमुनिका चार बालिका बलात्कारको सिकार भएको उजुरी परेको छ । भूकम्पमा घाइते भएका दुई सय ६० बालबालिकामध्ये अधिकांश परिवारबाट अवहेलित भएको र विद्यालय जानबाट बञ्चित भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment