+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

लोडसेडिङको विकल्प सोलार कि डिजेल प्लान्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १८ गते ७:२५

१८ भदौ, काठमाडौ । वर्षातको समयमा समेत दैनिक सात घण्टाभन्दा बढी लोडसेडिङको समस्या भोगिरहेका सर्वसाधारणका लागि लोडसेडिङ न्यूनीकरण गर्ने योजनामासमेत उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीबीच बिवाद देखिएको छ ।

All about light: from bulbs to artसरकारले आगामी हिउँदमा दैनिक आठ घण्टा र नेपाल विद्युत प्राधिकरणले दैनिक १३ घण्टासम्म लोडसेडिङ गर्ने सार्वजनिक गरेर जनतामा त्रास फैलाइरहेका बेला लोडसेडिङ घटाउने योजनामै मन्त्री र सचिवबीच विवाद देखिएको हो ।

सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी हिउँदमा लोडसेडिङ दैनिक ८ घण्टामा सीमित गर्ने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरणले भने १३ घण्टासम्म पुग्ने प्रक्षेपण गरेको राजधानी दैनिकमा खबर छ ।

उर्जा सचिव क्षेत्रीले मन्त्री ज्ञवालीसँगै छलफल गरेर राष्ट्रिय विकास समाधान समितिको पूर्वतयारी बैठकमा सरकारले घोषणा गरेअनुसार आगामी दुई वर्षभित्र लोडसेडिङ न्यूनीकरण गर्ने सम्भावना नरहेको भन्दै एक सय ५० मेगावाटको थर्मल प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेका थिए । पहिला सचिवको प्रस्तावप्रति सकारात्मक रहेकी मन्त्री ज्ञवालीपछि ३ सय मेगावाट क्षमताको सोलार ल्याउने पक्षमा उभिइन् ।

विगतदेखि वर्तमानसम्मका मन्त्री, सचिव लगायतको प्राथमिकता जलविद्युत आयोजना निर्माण नपरेका कारण अहिले क्षणिक फाइदाका लागि लोडसेडिङको विकल्प सोलार कि डिजेल प्लान्ट भन्नेमा समेत मन्त्रालयमै विवाद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?