Comments Add Comment

रुकुम टुक्राएको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित १५ जनाको सामुहिक राजीनामा

२१ भदौ, रुकुम । प्रदेशहरुको सीमांकनका क्रममा जिल्ला टुक्र्याइएको विरोधमा नेपाली कांग्रेस रुकुमका जिल्ला सभापतिसहित १५ जनाले सामुहिक राजीनामा दिएका छन् ।

सभासद मिठु मल्ल
सभासद मिठु मल्ल

रुकुम कांग्रेसका जिल्ला सभापति मानबहादुर नेपालीसहितका नतेाहरुले सोमबार दिउँसो पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सामूहिक राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा महासमिति सदस्य एवं सभासद मिठु मल्ल, पूर्व राज्यमन्त्री गोपालजीजंग शाह, पूर्वसहायक मन्त्री केशरमान रोका, महासमिति सदस्य प्रेमप्रकाश ओली लगायत छन् ।

‘बाग्लुङलाई अखण्ड राखियो, हाम्रो रुकुमलाई टुक्राइयो’ अनलाइनखबरसँग कुरा गर्दै सभासद मल्लले भनिन्-‘पार्टीले न्याय दिन सकेन, त्यसैले राजीनामा दियौं ।’ उनले आफूले महासमिति सदस्यबाट राजीनामा दिएको तर, सभासद पदबाट भने राजीनामा नदिएको प्रष्ट पारिन् ।

कांग्रेस रुकुमका सभापति मानबहादुर नेपालीले अखण्ड रुकुमको माग सुनुवाइ नहुने भए पार्टीमा काम गर्न नसक्ने बताए । १५ जनfको हस्ताक्षर रहेको राजीनामा पत्रमा भनिएको छ, ‘रुकुम सिंगो हुन्छ भन्ने आश्वासन दिँदा दिँदै पनि संशोधन प्रस्तावमा कुनै शब्द नबोलेको र रुकुम दुई भागमा विभाजन हुने अवस्था रहेको हुँदा हामी रूकुम जिल्लाका तपसील बमोजिमका साथीहरू आ-आफ्नो पदबाट संयुक्त रूपमा राजीनामा दिएको व्यहोरा जानकारी गराउँदछौं ।’

Nc resign

सात प्रदेशको रुकुमको पश्चिम भाग प्रदेश नम्बर ६ मा र पूर्वी भाग प्रदेश नम्बर पाँचमा राखिएको छ । संविधानको विधेयकमा तीन दलले हालै दर्ता गरेको संशोधनमा रुकुमबारे आयोगले अन्तिम निर्णय गर्ने भनिएको छ ।

रुकुममा भने जिल्ला टुक्राउन नहुने भन्दै १७ दिनदेखि आन्दोलन भइरहेको छ । रुकुमेली जनताले सिंगो रुकुमलाई प्रदेश नम्बर ५ मा राख्न माग गरेका छन् ।

जिल्लामा गरिएको आन्दोलनबाट माग सुनुवाइ नभएको भन्दै काठमाडौंमा पनि दवावमूलक कार्यक्रम गरिएको थियो । अखण्ड रुकुमको पक्षमा कांग्रेस, एमाले र एमाओवादीलगायतका दलहरुका नेताहरु नै लागेका छन् । तर, एमाओवादी सभासद जनार्दन शर्मा ‘प्रभाकर’ भने अखण्ड रुकुमको विपक्षमा छन् ।

राजीनामा पत्र बुझाउँदै रुकुमका कांग्रेस नेताहरुले प्रभाकरतर्फ संकेत गर्दै रुकुमेली जनताको भावना बिपरित कुनै एक पार्टीका एक नेताको मात्र कुरा सुनेर रुकुमलाई टुक्र्याएको भन्दै आफूहरुलाई त्यो मान्ने नहुने बताएका छन् ।

– धनवीर दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment