Comments Add Comment

जलेश्वरमा प्रहरीको गोली लागेर तीनको मृत्यु, कर्फ्यू आदेश जारी

२३ भदौ, जलेश्वर । महोत्तरीको जलेश्वरमा बुधबार अपराह्न प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ । साँझ ८ बजेबाट लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ ।

jaleshwor

आन्दोलनकारी तोडफोड र अगजनीमा उत्रिएपछि जलेश्वरमा पछिल्लो केही दिन तनाव बढेको थियो । अघिल्ला दिनहरुमा आन्दोलनकारीले ढुंगा हान्ने र प्रहरीले अश्रुग्यास हानेपछि प्रदर्शनकारी भाग्थे ।

तर, बुधबार आन्दोलनकारी भागेनन् र झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

कसरी सुरु भयो झडप ?

महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।

सुरुमा स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए । त्यसक्रममा ढुंगा हान्ने केही व्यक्ति पक्राउ पनि परे ।

तर, आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालयमा नै ढुंगा हान्न थालेपछि स्थिति तनावग्रस्त भएको स्थानीय प्रशासनले बताएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले अनलाइनखबरसँग भने-‘जिल्ला प्रहरी कार्यालयमा आक्रमण भयो । न्यायाधीशको क्वार्टर नै जलाएपछि सामान्य बल प्रयोग गर्नु परिएको हो ।’

आन्दोलनकारी गाउँ-गाउँबाट ट्याक्टरमा भालासहितका घरेलु हतियारसहित आएको सूचना आफूहरुले पाएको प्रजिअ काफ्लेले दाबी गरे ।

स्थानीय प्रशासनले साँझ ८ बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment