+
+

गोली चलाउन रोके वार्ता गर्न तयार छौं : मधेसी मोर्चा

२३ भदौ, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा गोली चलाउन रोके आफुहरु वार्ता गर्न तयार रहेको बताएका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै उनीहरूले वार्ताको आहृवानलार्इ नाटकको संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १९:३०

Madhasi-Morcha--1सलमान खान

२३ भदौ, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा गोली चलाउन रोके आफुहरु वार्ता गर्न तयार रहेको बताएका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै उनीहरूले वार्ताको आहृवानलार्इ नाटकको संज्ञा दिएका छन् ।

बुधवार भैरहवामा आयोजित वृहत सभामा मोर्चाका शीर्ष नेताहरुले सरकारले आन्दोलनमा दमन गरेको बताउँदै यथास्थितिमा संविधान जारी भए मुलुक द्वन्द्वमा जाने चेतावनी दिए ।

सभामा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजधानीमा निषेधित क्षेत्र तोड्दा पानीको फोहारा हान्ने सरकारले मधेसमा गोली हानेको आरोप लगाए ।

मधेसीलाई गैर नागरिक बनाउने र भारतसँगको रोटी बेटीको सम्बन्ध तोड्न षड्यन्त्र भइरहेको भन्दै उनले मधेस र थरुहट प्रदेश नपाएसम्म आन्दोलन जारी रहेको बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार आतंककारी बनेको बताए । ‘विगतका सम्झौता पुरा गर्ने सरकारको दायत्वि हो’ ठाकुरले भने-‘तर, अघिल्लो सहमति कार्यान्वयन भएको छैन भने अबको वार्तामा हुने सम्झौता कार्यान्यवन हुन्छ कि हुदैन हामीले सरकारलाई कसरी विश्वास गर्ने ?’

Madhasi-Morcha

सरकारले वार्ताको ढोका बन्द गरेको भन्दै उनले वार्ताको आहृवान नाटक मात्र भएको बताएइ । आन्दोलन राजनितिक समस्या भएको यसलाई राजनितिक हिसाबले समाधन गर्नुपर्नेमा सरकारले कानुन विपरीत सेना परिचालन गरेर मधेसीको अधिकार हनन् गरेको बताए ।

जनसभालाई सम्बोधन गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको लडाइ कुनै जातियविरुद्ध नभई सरकारसँग मात्र भएको बताएका छन् ।

उनले आफुहरु वार्ता विरोधी नरहेको तर, सरकारले वार्ताको वातावरण नबनाएको कारण वार्ता हुन नसकेको बताए । उनले सरकारले वार्ताको वातावरण बनाए आफुहरु तत्काल वार्तामा बस्ने बताए । तर, उनले वार्ता भने मधेसकै भुमिमा हुनेपर्ने बताए ।

सरकारले मधेसी, थारु, मुस्लिम, जनजाति, दलित लगायतसगँ बेइमानी गरेको भन्दै उनले भने-‘गोली चलाउनु यति नै शोख छ भने नेतामाथि गोली चलाउँ किन निर्दोष जनता माथि गोली चलाउँछौं ।’

त्यसैगरी तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यो आफुहरुको अन्तिम लडाइ भएको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । सरकारले शान्तिपुर्ण आन्दोलनमा पनि दमन गरेको भन्दै उनले यसलाई रोक्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?