Comments Add Comment

एमाओवादीका तीन सभासदले भने-सेना परिचालनले आन्दोलन झन चर्काउँछ

२४ भदौ, काठमाडौं । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलसहितका तीन सभासदले जलेश्वर घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

giriraj-mani-pokhrelपोखरलसँगै लालेन्द्रकुमार मण्डल र निशा साहले विज्ञप्ति जारी गरेर तराई मधेसमा भइरहेको आन्दोलन दबाउने नाममा प्रहरी ज्यदती भएको भन्दै विरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘अधिकार प्राप्तिका लागि भएको आन्दोलनलनई सरकारको तर्फबाट थप हिंसात्मक बनाउने गरी महोत्तरीमा सेना परिचालन गर्ने निर्णय भएको छ । यसले आन्दोलनलाई मत्थर पार्नुको सट्टा झन चर्काउने छ ।’

एमाओवादीका तीन सभासदले जनताका जायज माग सम्बोधन गर्दे वार्ता र सम्वादबाटै समस्याको समाधान खोज्न सरकारलाई अपील गरेका छन् ।

साथै संविधानसभाबाटै संविधान बन्न नदिने षड्यन्त्रलाई निस्तेज पार्दै छिट्टै संविधान जारी गर्नु पर्नेमा तीन सभासदले जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘तराई मधेसमा भइरहेको जनताको आन्दोलन र अभिव्यक्त जनभावनालाई समयमै सम्बोधन गर्न र आन्दोलनलाई दुरुपयोग गरेर अराजकता फैलाउन खोज्ने प्रवृत्तिबाट सजय हुन आग्रह गर्छौं ।’

Girirajmani-pokhreal-press_statment

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment