Comments Add Comment

अदालतले भन्यो- रुद्र गौतमलाई खानेपानीको महाप्रवन्धकमा पदबहाली नगर्नू

२४ भदौ, काठमाडौं । यसैसाता काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को महाप्रवन्धकमा नियुक्त भएका रुद्र गौतमलाई पदबहाली नगर्न अदालतले अन्तरिम आदेश दिएको छ ।

केयुकेएलको सञ्चालक समितिमा नियुक्ति पाएको एक वर्ष नपुग्दै महाप्रवन्धक बनाइएका गौतमको नियुक्तिको वैधतामाथि प्रश्न उठाउँदै विहीबार पुनरावेदन अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौतमलाई पदबहाली नगराउन अन्तरिम आदेश जारी गरेका हुन् ।

गौतमको नियुक्तिका सम्बन्धमा भदौ ३० गते विपक्षीलाई अदालतमा हाजिर हुन आदेशदिइएको छ । सो दिनसम्मका लागि गौतमलाई महाप्रवन्धकमा नियुक्ति नदिनु र नियुक्ति गरिसकेको भए पदबहाली नगर्नू भन्ने आदेश दिइएको छ ।

गौतमको नियुक्ति अवैधानिक भएको भन्दै केयुकेएलका महाप्रवन्धक चन्द्रलाल नकर्मीले पाटन पुनरावेदन अदालतमा रिट दर्ता गरेका थिए । नकर्मीको रिटमा शहरी विकासमन्त्री नारायण खड्कासमेतलाई विपक्षी बनाइएको छ ।

केयुकेएल सञ्चालक समितिले ९ महिनाको अलमलपछि भदौ १५ गते गौतमलाई महाप्रवन्त्रकमा नियुक्त गरेको थियो । सञ्चालक पदमा बहाल रहेको १ वर्ष नपुगी महाप्रवन्धक बनाउन नपाउने नियमविपरीत गौतमलाई नियुक्त गरिएपछि उनको बैधानिकतामा प्रश्न उठेको नकर्मीको दाबी छ ।

हेर्नुस् पुनरावेदन अदालत पाटनको आदेश

Supreme-Court

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment