Comments Add Comment

भैरहवामा निषेधाज्ञाको अवधी फेरि थपियो

Bhairawa

सलमान खान

२४ भदौ, भैरहवा । जिल्ला प्रशसान कार्यालय रुपन्देहीले भैरहवा नगरमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि थप गरेको छ । भैरहवाको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले निषेधाज्ञाको अवधि थप गरेको हो ।

भैरहवा नगर क्षेत्रमा भदौ २४ गते देखि भदौ २९ गते सम्मका लागि निषेधाज्ञा अवधी थप गरिएको जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवाको भदौ ३ गतेको घटनापछि निषेधाज्ञा जारी गरिशएको छ र शान्ति सुरक्षा व्यवस्थाको वातावरण कायम राख्नका लागि थप ५ दिनका लागि निषेधाज्ञा थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए ।

उनले प्रशसानले जारी गरेको निषेधाज्ञा क्षेत्रभित्र कैसैले जबरजस्ती सभा, सम्मेलन, जुलुस गर्न खोज्नेलाई कानुन अनुसार कार्यवाही गरिने बताए ।

जिल्ला प्रशसान कार्यालय रुपन्देहीले नगर क्षेत्र केन्दि्रत पुर्वमा बसन्तपुर गाविस बाईपास सडक, पश्चिममा गौतमबुद्ध बिमानस्थल स्थित मायादेवी चोक, उत्तरमा नेपाल विद्युत प्राधिकरण कार्यालय भैरहवा र दक्षिणमा बेलहीयास्थित बाइपास सडकलाई निषेधित क्षेत्र तोकेको छ ।

स्थानिय प्रशसान ऐन अनुसार निषेधित क्षेत्रमा कुनैपनि संस्था समूह एवं राजनीतिक दलहरुले जुलुस निकाल्न तथा सभा सम्मेलन गर्नमा पाइदैन । पाँच जना भन्दा वढी सडक वा सार्वजनिक स्थल, पार्कमा संगै हिडडुल गर्न जम्मा भएर बस्न पनि नपाइने एनेमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment