Comments Add Comment

प्रचण्डले थारु नेताहरुलाई भने-अन्तिम प्रयास गर्छु, नभए आन्दोलनमा जान रोक्दिँन

Prachanda-with-Tharu

  • तस्वीरः शिव खकुरेलको फेसबुक पेजबाट

२४ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारुहरुको माग सम्बोधनका लागि अन्तिम पहल गर्ने बताएका छन् ।

तराई मधेसमा आन्दोलन भइरहेका बेला एमाओवादीले बिहीबार पेरिसडाँडामा थारुवान राष्ट्रिय मुक्ति मोर्चाको विषेश भेला बोलाएको थियो ।

भेटमा एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु पनि सहभागी भए ।

भेलामा थारु नेताहरुले ब्रिफिङ गर्दै आफूहरुको माग सम्बोधनका लागि पहल गर्न नेतृत्वलाई आग्रह गरेका छन् । कैलालीदेखि नवलपरासीसम्म एक प्रदेशसहित मधेसमा तीन प्रदेश बनाउनु पर्ने उनीहरुको माग थियो ।

जवाफमा प्रचण्डले शुक्रबार तीन दलको शीर्ष नेताहरुको बैठक बोलाइएको र त्यसमा आफूहरुले पहल गर्ने बताए । उनले भने-‘थरुवान हुनुपर्छ भनेर त हामीले पहिलेदेखि भन्दै आएको हौं । तर, अहिले हामीले मात्र भनेर हुने अवस्था छैन । कांग्रेस र एमाले मान्दा मात्र सम्भव छ ।’

कांग्रेस र एमालेलाई सहमति गराउन अन्तिम प्रयास गर्ने भन्दै प्रचण्डमा सहमति नभए आन्दोलनमा जान नरोक्ने बताए । ‘कांग्रेस र एमालेले मान्यो भने ठिक छ । मानेनन् भने आन्दोलनमा नजानुस् भनेर रोक्दिँन’ प्रचण्डले भनेका छन् ।

एमाओवादीको थारु मोर्चा थरुहट/थारुवान संयुक्त संघर्ष समिति अन्तरगत रहेर नै आन्दोलनमा सहभागी भएको छ । उसले शुक्रबार बस्ने तीन दलको बैठकबाट माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment