Comments Add Comment

म त सारीमै सेक्सी

Ramila Neupane_Fashionलोकदोहोरी गायनमा चर्चित नाम हुन् रमिला न्यौपाने । अन्य लोकगायिका जस्तै उनका लागि पनि विशेष हुन्छ तीज  । हरेक वर्ष तीजमा नयाा गीत लिएर आउने रमिला स्वदेशदेखि विदेशसम्मको कार्यक्रममा भाग लिन भ्याउँछिन् ।

कालो ड्रेस आफुलाई सुहाउछ भन्ने रमिला सारीमै महिला सेक्सी देखिने धारणा राख्छिन् । अनलाइनखबरमा हरेक शुक्रवार प्रकाशित हुादै आएको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्तर्गत उनीसित गरिएको कुराकानी :

तपाईं कत्तिको फेसनेबल हो ?

ठिकै । म आफुलाई सिम्पल भन्न चाहन्छु ।

तपाईंलाई मनपर्ने र नपर्ने पहिरन के-के हुन् ?

कुर्ता-सुरुवाल र सारी मलाई मन पर्छ । त्यस्तो मनै नपर्ने भन्ने त केही छैन ।

लुगा किन्दा के के कुरामा ध्यान दिनुहुन्छ ? मन पर्ने ब्राण्ड ?

सबैभन्दा पहिला त आफुलाई राम्रो लाग्ने हुनुपर्‍यो । ब्राण्डको वारेमा साधै ध्यान दिन्न ।

 बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?

म प्राय बुटिकमा गएर सोध्छु । बुटिकले नयाँ नयाँ फेशनबारे क्याटलगहरु उपलब्ध गराउछन् । त्यही आधारमा आफ्नो ड्रेस बनाउाछु ।

 विदेशी सेलिब्रिटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ?

कसले कस्तो लाउछ भनेर हेर्छु तर, नक्कल चाँही गर्दिन ।

केटाले कस्तो लुगा लगाएको मन पर्छ ?

यस्तै भन्ने छैन । आफ्नो शरीरलाई सुहाउदो  लगाएको मन पर्छ ।

तपाईंलाई कस्तो रंगको लुगा सुहाउछ ?

कालो रंगको लुगा सुहाउछ ।

सारी लगाउन कत्तिको मन पर्छ ?

मलाई त प्राय कार्यक्रममा सारी नै लगाउन मनपर्छ । तर, सबै ठाउामा सारी लगाएर जान मिल्दैन ।

छोटा लुगामा रुची कति छ ? कतिसम्म छोटो मिनिस्कर्ट लगाउनु भएको छ ?

कार्यक्रमका लागि विदेश गएको बेला स्कट लगाएर हिड्छु । तर, धेरै छोटो लुगा मन पर्दैन ।

छोटा लुगा लगाएर हिड्दा केटाहरुले कत्तिको जिस्क्याउाछन् ?

म त्यसरी छोटो लुगा लगाएरै हिाड्दिन । अनि कहाँ केटाहरुले जिस्क्याउन पाउनु ।

उपहारमा लुगा कत्तिको आउछन् ?ramila 3

आउन त आउछ । तर, उपहारमा आएको लुगा भने जस्तो हुँदैन । खासै लगाउदिन ।

लुगाको सपिङ प्राय कहाँ गर्नुहुन्छ ?

सपिङ त प्राय न्युरोडतीरै हुन्छ । बुटिकतीर पनि हुन्छ । एकै ठाउँ छैन ।

भित्रीवस्त्र कहाँ खरिद गर्नुहुन्छ ? लाज लाग्छ कि ?

आफुलाई चाहिने लुगा किन्दा केको लाज । प्राय न्युरोडतीरै किन्छु भित्री लुगा पनि । सकेसम्म लेडिज भएको पसल खोज्छु ।

फुटपाथमा लुगा किन्ने गर्नुभएको छ कि छैन ?

कहिलेकाही साथीहरुसँग हिड्दा किन्ने गरेकी छु ।

लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?

म बार्गेनिङ गर्न सक्दिन । सकेसम्म फिक्स प्राइस भएको ठाउँमा जान्छु ।

बजारमा लुगा छनोट गर्न कति समय लाग्छ ?

समय त धेरै लाग्छ । खोतलखातल पारेर हेरेपछि मात्रै किन्ने गरेकी छु ।

लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?

प्राय साथीहरुसँग जान्छु ।

आफूलाई बाहेक अरु क-कसका लागि लुगा किनिदिनुहुन्छ ?

कहिलेकाँही साथीका लागि । ममी र भाईका लागि किनिदने गरेकी छु ।

तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?

सबैभन्दा सेक्सी सारी नै हो । केटीका लागि सारी जस्तो सुहाउने लुगा पनि अरु छँदै छैन ।

लुगा आइरन आफैं गर्नुहुन्छ कि अरुले गर्छन् ?

आफै गर्छु । लुगा धुन र आइरन गर्न अल्छि लाग्दैन ।

तपाईंले किनेको सबैभन्दा महंगो लुगा के हो ?

काठमाडौमै सुटिङका लागि ६२ हजारमा एउटा लेहंगा बनाएकी छु ।

मन परेर पनि महंगो भएको किन्न नसकेको लुगाहरु ?

त्यस्तो धेरै छ । विदेशमा एउटै ज्याकेटलाई ७०/८० हजार पर्छ । हेरेर मात्रै हिाडेका धेरै घटना छन् ।

विदेशमा जाँदा कस्ता लुगा किन्नुहुन्छ ? कुन देशमा लुगा किन्न मन पर्छ ?

म प्राय किन्दिन । किनकी नेपालको कमाईले विदेशमा लुगा किन्न गार्‍है हुन्छ ।

जुत्ता र ड्रेसअपको सेट कसरी मिलाउनुहुन्छ ?

लुगा किन्दा नै, यो लुगाको लागि यस्तो जुत्ता चाहिन्छ भनेर योजना बनाउछु ।

तपाईंसँग कति जोडी जुत्ता छन् ?

होला १५ जोर जति ।

लुगा कति-कति दिनमा धुनुहुन्छ ? कसले धुन्छ ?

आफैं पनि धुन्छु । ड्राई क्लीनर्समा पनि दिन्छु । एकपटक लगाएको लुगा नधोई लगाउदिन ।

घर बस्दा के लगाउनुहुन्छ ?

टिसर्ट र पाईन्ट ।

लुगामा मासिक कति खर्च गर्नुहुन्छ ?

ठ्याक्कै त कसरि भन्ने र । होला १५/२० हजार जति

बाहिर जानुपर्दा ड्रेस अप गर्न कति बेर लाग्छ ?

लुगा लाउदा मेकअप गर्दा एक घण्टा त लागि हाल्छ ।

तपाईंलाई कसैले लुगा किन्न भनेर एक लाख हातमा राखिदियो भने कहाँ गएर के-के किन्नुहुन्थ्यो ?

पहिला कुरा त त्यसरी कसैले दिदै दिन्न । दिईहाल्यो भने मिलाएर किन्थे ।

संसारमा लुगा लगाउने चलन नभएको भए के हुन्थ्यो होला ?

चलनै त्यस्तै भएको भए हामी पनि त्यहि चलन अनुसार अगाडी बढ्थ्यौ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment