Comments Add Comment

बेइमान मनले प्रक्रिया रोकेको हो भने अर्थ राख्दैन : जितेन्द्र देव

Jitendra dev (2)

२५ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले संविधानसभाको प्रक्रिया स्थगित गर्ने निर्णयलाई अहिले नै राम्रो वा नराम्रो भन्न नसकिने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै महासचिव देवले तीन दलको मनसाय बुझ्न बाँकी रहेको बताए । उनले भने-‘निर्णयको उद्देश्य प्रष्ट नभएसम्म एकदमैै राम्रो भन्न पनि सकिँदैन । नराम्रो भन्न पनि सकिन्न ।’

उनले अघि भने-साच्चीकै समस्या समाधान गर्न वाार्तामा बस्न खोजेको हो भने राम्रो हो । तर, बेइमान मनले हो भने अर्थ राख्दैन ।’

प्रमुख तीन दलले संविधानसभाको प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरेका छन् र वार्तामा आउन आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment