Comments Add Comment

असई थमन बिकको घरमा रुवाबासी

२६ भदौ, नेपालगञ्ज । आन्दोलनकारीले महोत्तरी लखेटेर निर्मम हत्या गरिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बहादुर विकको नेपालगन्ज-२५ शान्तिनगर घरमा रुवाबासी चलेको छ।

सञ्चार माध्यमबाट घटना भएको थाहा पाएका मृतक विकको परिवारलाई घटनाको खबर गर्न सशस्त्र प्रहरीको टोली शुक्रबार बेलुका ७ बजे मात्रै उनको घर पुगेको थियो। बृद्ध आमा महिमी विक भक्कानिदै रोइरहेकी छन भने श्रीमती अर्धचेत अवस्था छिन्।

‘मेरो छोरालाई के भयो, किन मारे ?, १६ वर्ष पुलिसमा काम गर्दा केही भएन’, वृद्ध आमा भन्दै थिइन्, ‘अहिले के भएको हो?’ श्रीमती शोभा श्रीमानको अकस्मात मृत्यु खबर सुनेर बेहोस भएकी छन् । नाबालक ३ वर्षीय छोरा सुवोधसहित आफन्तमा कोलाहल मच्चिएको अन्नपूर्ण पोस्टमा खबर छ।

थमनको मृत्युको खबर आउँदा ३३ वर्षीया शोभा उपभोग्य समान किन्न बजारमा थिइन्। माइतीले टेलिभीजनमा समाचार हेरेर खबर गरेलगत्तै शोभा बजारमा नै बेहोस भएर लडेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment