Comments Add Comment

लामिछाने र अधिकारीलाई लोकगायन प्रतिभा पुरस्कार प्रदान गरिने

२६ भदौ, काठमाडौ । लोकगायक बुद्धिकृष्ण लामिछाने र दीर्घराज अधिकारीलाई नूरगंगा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

buddhikrishna -bhedikharkaनूरगङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले काभ्रेका लामिछाने र भेडीखर्के साइँलाका नामले परिचित लमजुङका अधिकारीलाई राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलले बताए । पुरस्कारको राशी एक लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

यस्तै, २५ हजार राशीको नूरगङ्गा लुम्बिनी अञ्चलस्तरीय स्थापित साहित्य प्रतिभा पुरस्कार रुपन्देहीका बालकृष्ण भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

१५ हजार राशीको नूरगङ्गा बालसाहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार सिन्धुलीका जनार्दन बराल र नूरगङ्गा लुम्बिनी अञ्चलस्तरीय लोकगायन नवप्रतिभा पुरस्कार रुपन्देहीका प्रचण्ड जिसीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।

यस्तै गुठीले हरेक वर्ष सामुदायिक विद्यालयबाट पाल्पा जिल्लामा एसएलसीमा सर्वोकृष्ट अंक ल्याउने दुई छात्र/छात्रालाई शैक्षिक पुरस्कार प्रदान गर्दै आएको छ । यसवर्षको एसएलसीमा पाल्पा जिल्लामा सर्वोत्कृष्ट अंक ल्याउने छात्रतर्फ दरैंठांटी उच्च माध्यमिक विद्यालय रामपुरका प्रवेश गौतम र छात्रा दमकडा उच्च माविकी शालिन बेगमलाई ७ हजार राशीको शैक्षिक पुरस्कार प्रदान गरिएको गुठीका सदस्यसचिव पोखरेलले बताए ।

साधारणसभाबाट घोषित पुरस्कार आगामी असोज ८ गते शुक्रबार राजधानीमा एक कार्यक्रम गरी वितरण गरिने गुठीले जनाएको छ । सोही कार्यक्रममा प्रा डा जगमान गुरुङ्लाई गुठीले विशेष सम्मान गरिने नूरगङ्गा प्रतिभा पुरस्कार गुठीले जनाएको छ ।

यो गुठीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका प्रतिभावान ब्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । उद्योगपति तथा साहित्य, संगीत र कलाका मर्मज्ञ नूरप्रताप जंगबहादुर राणा र उनकी पत्नी गायिका गंगादेवी राणाको सक्रियतामा विस २०४९ सालमा नूरगङ्गा प्रतिभा पुरस्कार गुठी स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment