Comments Add Comment

हिन्दुवादीले अर्को आन्दोलनमा आक्रमण गर्न खोजेपछि लाठीचार्ज

hindubadi andolan At KTM  (2)

२६ भदौ, काठमाडौं । हिन्दु राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले अर्का आन्दोलनकारीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

हिन्दुवादीहरुले शनिबार अपराहृन माइतीघर मण्डलाबाट प्रदर्शन गरेका थिए । बानेश्वरको एभरेष्ट होटल अगाडि पुगेपछि प्रहरीले रोकेको थियो ।

hindubadi andolan At KTM  (1)

 

प्रहरी र आन्दोलनकारीबीच धकालाधकेल भइरहेको बेला केही प्रदर्शनकारी अर्का आदोलनकारीमाथि आक्रमण गर्न पुगेपछि स्थिति तनावग्रस्त भएको हो ।

एभरेष्ट होटलको वालमा पाल टाँगेर सभासद विश्वेन्द्र पासवान आमरण अनसनमा बसेका छन् । उनको अनसन स्थलमा तोडफोड गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै केही सेल अश्रुग्यास हानेको छ ।

hindubadi andolan At KTM  (6) hindubadi andolan At KTM  (7) hindubadi andolan At KTM  (8) hindubadi andolan At KTM  (9) hindubadi andolan At KTM  (10) hindubadi andolan At KTM  (11) hindubadi andolan At KTM  (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment