Comments Add Comment

कुकुरसँग सुत्न नपाएपछि श्रीमती माइत हिँडिन्

Puppy

जनावरसँग मानिसहरुको मित्रता तथा लगाव सामान्य कुरा हो । त्यहीँ भएर नै मानिसले घरमा कुकुर बिरालो जस्ता घरपालुवा जनावर साथी पाल्छन् । मासु तथा दुध लगायतका उपयोगी पदार्थका लागि पालिने जनावरहरु पनि छन् । जनावरप्रति मानिसको लगाव तथा मित्रता आफ्नो ठाउँमा हुन्छ । तर यदि त्यो लगावले सीमा नाघ्यो र त्यसले मानिसको जिन्दगीलाई नै प्रभावित पार्न थाल्यो भने जिवन नर्क हुने निश्चित हुन्छ ।

भारतको बैंगलोरमा यस्तै घटना भएको छ । बैंगलोरकी एक युवती आफ्नो घरमा पालेको कुकप्रतिको माया तथा लगावका कारण आफ्नै श्रीमानसँग डिभोर्सको संघारमा पुगेकी छिन् ।

समाचार अनुसार सन् २०१४ मा बिहे गरेका ३० वर्षका निमिष र २६ वर्षकी काव्या दुवैजनाले सूचना प्रविधि क्षेत्रमा जागिर गर्छन् । बिहेको एक हप्तापछि माइत गएकी ती महिलाले माइतीबाट फर्किँदा दुइवटा पाल्तू कुकुर लिएर आएकी थिइन् ।

माइतीको कुकुर पनि प्यारो हुन्छ भन्ने उखानै छ । तर यो उखानको यथार्थ ती महिलाका लागि महंगो सावित भयो । उनले ती कुकुरलाई यति माया गर्न लागिन् की कुकुरलाई आफ्नै ओछ्यानमा सँगै सुताउन थालिन् । नव विवाहिता श्रीमतीले कुकुरलाई सँगै सुताउन थालेपछि उनका पतिले विरोध जनाए । उनले कुकुरलाई ओछ्यानबाट लखेट्न निर्देशन दिए । तर श्रीमती मान्नेवाला थिइनन् । उनले उल्टै लोग्नेलाई नै ओछ्यान छाड्न र कोठाबाट बाहिर निस्किन उर्दी जारी गरिन् । घरका सासु तथा नन्दहरुले पनि कुकुर वा लोग्नेमध्ये एक रोज्न भनेपछि उनी केही दिनमै दुवै कुकुरलाई लिएर माइतीमा सुइँकिइन् ।

अहिले माइतीमा बस्दै आएकी ती महिला घर फर्किन इन्कार गर्दै आएकी छिन् । लोग्नेले आफुलाई कुकुरसँगै सुत्न दिए मात्र आफु घर फर्किने अडान उनकेा छ । यो घटना पुलिस सम्मै पुग्यो र अहिले स्थानीय पुलिसको महिला हेल्पलाइनमा विचाराधीन रहेको बैंगलोर मिररले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment