Comments Add Comment

अमेरिकामा नेपालीहरूले गरे रक्तदान

blood donetionभर्जिनिया । अमेरिकामा रहेका नेपालीहरूले नेपाली कांग्रेसका संस्थापक नेताहरु स्व.बिश्वेस्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा रक्तदान गरेका छन् । बीपीको १०१औ जन्मजयन्ती तथा गणेशमान सिंहको जन्म शताव्दीको अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो ।

 नेपाली जनसंपर्क समिति अमेरिकाका केन्द्रिय सदस्य केशव बरालले रक्तदान गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । भर्जिनियाको अमेरिकन रेड्क्रस फेयरफ्याक्समा भएको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसियसनका संस्थापक अर्जुनप्रसाद मैनाली, नेपाली जनसंपर्क समिति न्युयोर्क लङ अाइलैन्ड्का सभापति विश्वराज बास्तोला, नेपाली जनसंपर्क समितिका पदाधिकारीहरू लगायतले रक्तदान गरेका थिए ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति अमेरिकाको भर्जिनिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका महानुभावहरुको उपस्थिति थियो l

न्युयोर्कबाट हवाइमार्ग हुँदै भर्जिनियासम्म रक्तदान गर्न आएका पाहुनाहरुलाई च्याप्टर सभापति रामशरण हुमागाइले खादा लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment