Comments Add Comment

गतिलो बन्दै चलचित्रको व्यापार, ‘लव-सव’ पनि सेफ ल्याण्डिङको बाटोमा

luv-sub-team
भदौ लागेपछि उकासिएको नेपाली चलचित्रको व्यापारले अहिले सुखद सन्देश चलचित्र बजारलाई दिइरहेको छ । नेपाली चलचित्रका मेकरहरुले राम्रै आम्दानी चलचित्र निर्माणबाट गरिरहेका छन् । ‘होस्टेल रिटन्र्स, भैरव’ लगायतका चलचित्रले यसको छनक दिइसकेका छन् ।

भदौ २५ अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लव-सव’ले पनि आफूलाई सेफ ल्याण्डिङमा लगेको निर्माता सुशिल पोख्रेलले दाबी गरेका छन् । उनले आजबाट चलचित्र काठमाण्डौ बाहिरका केही हलमा प्रदर्शनमा आएको पनि जानकारी दिएका छन् ।

३ दिनमा ५२ लाखको ग्रस कलेक्शन गरेको हिसाब निर्माताले सार्वजनिक गरेका थिए । बजेट यसपटक धेरै ठूलो नभएकाले पनि आफू सुरक्षित बन्ने निर्माता पोख्रेलले बताए । उनले नेपाल बाहिरबाट पनि चलचित्रको माग राम्रो भैरहेको बताए ।

एउटा टोलमा जन्मिएको कथामा यो चलचित्र घुमेको छ । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी मुख्य भूमिकामा छन् । चलचित्र हेरेका धेरैले कलाकार शिशिरको भूमिकालाई प्रशंसा पनि गरेका छन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई सुशिल पोख्रेल र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment