Comments Add Comment

खाएपछि सर्पको मासु रहेको थाहा भयो, वंगुर मेरो वेष्ट

Rima Bishowkarma__Khana and Celebs

नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा नायिका रीमा विश्वकर्मा चर्चित छिन् । उनको माग म्यूजिक भिडियोमा अझ बढी छ । उनै रीमाले अभिनय गरेको चलचित्र ‘भाले फाइट’ असोज ८ गतेबाट प्रदर्शनमा आउादैछ । रीमासँग अनलाइनखबरको हरेक मंगलबार प्रकाशन हुने स्तम्भ ‘खाना र सेलिब्रिटी अन्र्तगत रहेर गरिएको कुराकानी यस्तो छ :

बिहान र बेलुका तपाइको खानेकुरा के-के हुन्छ ?
बिहान उठ्ने वित्तिकै म ३ देखि ४ गिलास पानी पिउछु । अनी फलफूल खान्छु । फलफूल नभए उसिनेको अण्डा खान्छु । खाना खाँदा १-२ बज्छ । बेलुकी २ वटा सुख्खा रोटी खान्छु ।

मिठो लाग्ने खानेकुरा ?
मलाई खिर, दुधको तर र सलाद मनपर्छ । साग पनि विशेष हो ।

मिठो नलाग्ने खानेकुरा ?
यही चिज नै मिठो लाग्दैन भन्ने छैन ।

मासु कत्तीको मनपर्छ ?
मासु मलाई एकदमै मनपर्छ ।

केको मासु बढी खानुहुन्छ ?
मलाई बंगुरको मासु सबैभन्दा बढी मनपर्छ । चिकेन पनि खान्छु ।

तपाई डाइटिङ गर्नुहुन्छ ?
म कडा डाइटिङ गर्दिन । खानेकुरामा सागपात बढी खान्छु । ब्रत बस्दा पनि फलफूल, जुश खाइरहेकी हुन्छु ।

विदेश गएको समयमा के बढी खानुहुन्छ ?
म फलफूल नै बढी खान्छु । स्थानिय नयाँ नयाँ परिकार पनि खान मन लाग्छ ।

लामो सयमसम्म भोकै बसेको याद छ ?
लामो समयसम्म त चलचित्र वा भिडियो छायांकनकै बेलामा बसियो होला । ब्रतमा पनि भोकै बसिन्छ । तर, ब्रतमा जुश र फलफूल त म खान्छु नै ।

तपाइलाई के पकाउन आउँछ ?
चिया पकाउन आउँछ । प्राय सबै कुराको सामान्य जानकारी त छ, तर पकाएको छैन ।

विदेशमा जाँदा खान नजानेर अप्ठ्यारो भएको छ ?
इन्डोनेशिया जाँदा ‘नेशन इन्डोनेशिया फुड’ खान रेष्टुरेन्ट छिरेको । त्यहाँ त तरकारी पनि माछाको, दाल पनि माछाको रहेछ । कस्तो गाह्रो भयो । सबै खानेकुराको स्वाद उस्तै थियो ।

कसले पकाएको मिठो लाग्छ ?
मलाई ममीको हातको मिठो लाग्छ । तर, फरक-फरक व्यक्तिले पकाएको चाख्न मन लाग्छ ।Rima

तपाई खाना वा खाजका लागि कुन ठाउँ धेरै जानुहुन्छ ?
पुरानो बाँनेश्वरमा एउटा रेष्टुरेन्ट छ । म प्राय त्यही नै खानका लागि जान्छु ।

कसैले झुक्याएर तपाइले नखाने कुरा खुवाएका छन् ?
मेरा विदेशी साथीहरु नेपाल आएको बेला ड्राई मासु खादै थिए । मैले पनि के रहेछ भनेर चाखे । पछि, त्यो सर्पको मासु रहेछ ।

खानामा मासिक कती खर्च हुन्छ ?
खाना त प्राय बाहिर नै खान्छु । तर, हामीलाई भेट्न आउनेले नै विल तिर्ने भएकाले खासै खर्च हुँदैन । फेरि, यसको हिसाब पनि राखेकी छैन ।

खाना खान कती समय लगाउनुहुन्छ ?
खाना म थोरै तर समय मिलाएर खान्छु । प्राय २-२ घन्टाको अन्तरमा म खानेकुरा खान्छु । एकपटक खाँदा त्यस्तै १५ मिनेट लाग्छ होला ।

तपाईले नछुटाई खानेकुरा के होला ?
साग र दही नछुटाई खान्छु ।

तपाई कुनै कुराको अम्मली हुनुहुन्छ ?
म सागको अम्मली हो ।

ड्रिक्स लिनुहुन्छ कि हुँदैन ?
म ड्रिक्स कहिले गर्दिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment