Comments Add Comment

राष्ट्रिय लिगमा थ्रीस्टारद्वारा एपीएफ पराजित

Jagajeet Shrestha

२९ भदौ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा थ्रीस्टारले सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरेको छ ।

सोमबार भएको खेलमा थ्रीस्टारले एपीएफलाई ४-० ले पराजित गरेको हो । जितसँगै थ्रीस्टारले ७ खेलबाट १४ अंक जोडेको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले १० औं मिनेटमा सेगुनको गोलबाट अग्रता लिएको थियो ।

२८ औं मिनेटमा एपीएफका हेमन गुरुङले बराबरी गोल फर्काए । तर, ३७ औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै पहिलो हाफमा थ्रीस्टारलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५८ औं मिनेटमा विजय गुरुङले थ्रीस्टारका लागि गोल गरे । खेलको अन्तिम मिनेटमा जगजितले व्यक्तिगत दोस्रो गोल गरेपछि थ्रीस्टार ४-१ ले विजयी भयो ।

जगजित म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment